back
NMB ad

११% ले नाफा बढाएको एभरेष्ट इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब बढी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले शुक्राबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय अवस्थाको तथ्यङ्कले यस्तो देखाएको हो ।

जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले मात्र बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चैतमसान्तसम्ममा कम्पनीले कुल ७८ करोड ६१ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड १३ लाख ५७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जारी बीमालेखको संख्या ८३ हजार २८९ र नवीकरण गरिएको बीमालेखको संख्या १२ हजार ४९३ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको कुल दावी भुक्तानी रकम ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब १७ करोड ४९ लाख ८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा तथा कोष ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ, बीमा कोषमा ४० करोड ८ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात ३७.९७ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२९ रुपैयाँ ६३ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...