back
NMB ad

थोरै पैसा जम्मा गर्न बैंकमा नआउनु, डिजिटल बैंकिङ कारोबार गर्नुः संघ

Kumari bank ad

काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघले सेवाग्राहीलाई थोेरै निक्षेप राख्न बैंकमा नआउन आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै आ–आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गरेको छ । संघले सबै सेवाग्राहीलाई संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आग्रह गरको छ ।

ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने, प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र घरबाटै काम गर्ने बाताबरण बनाउन आफ्ना सदस्य बैंकलाई निर्देशन दिएको छ ।

सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने निर्देशन दिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन-सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्न समेत आग्रह गरेको छ ।

 

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...