back
NMB ad

विद्युत बिक्री गरेर पैसा कमाउन जविद्युत कम्पनीलाई धौ धौ, कुनको कति बढ्यो, कति घट्यो ?

Kumari bank ad

काठमाडौं । हिउदको समयमा खोलामा पानीको बहाब कम हुँदा जलविद्युत कम्पनीले विद्युत बिक्री गरेर अपेक्षा अनुसार मुद्रा आर्जन गर्न असमर्थ भएका छन् ।

माघदेखि चैतसम्म सुख्खा मौसम हुने, खोलामा पानीको बहाब कम हुने र उत्पादन कम हुने भएको कारण कम्पनीहरुले विद्युत बिक्रीबाट गर्ने आम्दानी निकै कम हुने गरेको छ । यो बेला जलविद्युत कम्पनीले क्षमता अनुसार विद्युत उत्पादन गर्न सक्दैनन् । त्यसको असर प्राय हरेक आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्थामा देखिने गरेको छ ।

विद्युत कम्पनीले जेठदेखि कात्तिक वा मंसिरसम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गर्दछन । त्यसपछि क्रमैसँग कम उत्पादन हुने गर्दछ । चैत सम्मको वित्तीय अवस्था प्रकाशति गरेका २५ वटा कम्पनीमध्ये १३ वटाको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ भने बाँकी कम्पनीको बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ७४ करोड ४० लाख ९२ हजार रुपैयाँ विद्युत बिक्री गरेर आम्दानी गरेकामा चालु आवको सोही अवधिमा ७.२४ प्रतिशतले बढेर ५ अर्ब ८ करोड ७९ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा बिद्युत बिक्री गरेर सबैभन्दा बढी चिलिमे हाइड्रोपावरले ८० करोड ९२ लाख २५ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ भने सानिमा माइ हाइड्रोले ६६ करोड ३६ लाख ४४ हजार रुपैयाँ, अरुण कावेली पावरले ५१ करोड ६९ लाख ३५ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । यो अवधिमा सबैभन्दा कम रैराङ हाईड्रोपावरले ६६ लाख ३९ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ ।

प्रतिशतको आधारमा हेर्दा अरुण काबेलीको १३४.८४ प्रतिशतज्ञले बढेको छ । अन्य कम्पनीको भने सामान्य सुधार मात्रै देखिएको छ ।
यो अवधिमा ङादी ग्रुप, यूनाइटेड मोदी, पञ्चकन्या, अरुण भ्याली, बुटवल पावर, नेशनल, राधी, माउन्टेन, दिव्यश्वरी, पाँचथर, बरुण, आँखु खोला र छ्याङदी हाइड्रो पावरको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा त्यसको असर कम्पनीको नाफामा समेत पर्ने गरेको छ ।

वि.सं.२०७८ जेठ २ आइतवार १४:०९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...