back
NMB ad

२५०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य २ हजार ५ सय रुपैयाँ बढेको छ । बैशाख १६ गते अर्थात निषेधाज्ञा सुरुभएको दिनदेखि आज (जेठ ७ गते) सम्मको तुलनामा सुनको मूल्यमा उक्त रकमले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निषेधाज्ञा लागू भएको दिन अर्थात वैशाख १६ गते छापावाला सुनको मूल्य तोलाको ९० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

उक्त दिन यता अर्थात जेठ ७ गते शुक्रावरसम्म सुनको मूल्य बढेर ९३ हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । यद्यपि, अघिल्लो दिन अर्थात जेठ ६ गतेको तुलनामा भने आज सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएको हो ।

त्यसैगरि वैशाख १६ गते ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन जेठ ७ गतेसम्म आईपुग्दा बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै, निषेधाज्ञा सुरुभएदेखि यता चाँदीको मूल्य पनि वृद्धि भएको छ । उक्त अवधिमा प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । वैशाख १६ गते तोलाको १३ सय १५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी जेठ ७ गतेसम्म आउँदा बढेर १३ सय ५० रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार ११:२३ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...