back
NMB ad

लगानीकर्ताप्रति गैह्र जिम्मेवार बनेका निर्जीबन बीमा कम्पनीले कहिले गरिसक्लान लाभांश घोषणा ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म ११ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् र बाँकी कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका छैनन् ।

अन्य क्षेत्रका कम्पनीहरुले लाभांश घोषणा गरेर, साधारणसभाले पारित गरिसक्दा निर्जीबन बीमा कम्पनीले आर्थिक वर्ष सकिएको साढे १० महिना पुग्न लाग्दा पनि लाभांश घोषणा गरेका छैनन् ।

कानूनत आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र कम्पनीले लाभांश घोषणा गरेर उक्त लाभाशलाई बीमा समितिले स्वीकृत दिएर कम्पनीले साधारणसभाले पारित गरिसक्नुपर्ने हो । तर कतिपय कम्पनीले साधारणसभा गनुपर्ने कानूनी समय सकिएको साढे ५ महिनासम्म लाभांश घोषणा गरेका छैनन् ।

बीमा समितिले कम्पनीहरुले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लाग्ने भएकाले केही समयका लागि सहज गरेपनि त्यही सहजतालाई हतियार बनाएर कम्पनीहरुले साढे ५ महिनासम्म लगानीकर्तालाई अन्योल बनाइ राखेका छन् ।

अहिले कोरोना महामारीका कारण बीमा समितिमा कर्मचारी थोरै आउने र कम्पनीहरुले लाभांश स्वीकृतिका लागि ल्याएको प्रस्ताव स्विकृत गर्न कर्मचारी अभाव भएकोले पनि ढिला भएको केही कम्पनीहरुको भनाइ छ । अहिले केही कम्पनीहरुले त बीमा समितिका कारण साभारणसभा बोलाउन ढिलाइ भएको समेत बताउन थालेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका ११ वटा कम्पनीमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सले २७.२२ प्रतिशत बोनस र १.४६ नगदसहित २९.२३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

दोस्रोमा सिद्धार्थ र तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सिद्धार्थ र सगरमाथाले क्रमशः १५.७९ र ११.५८ प्रतिशत लाभांश दिने भएका छन् । सबैभन्दा कम हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ प्रतिशत मात्रै रहेको छ । यता प्रिमियर इन्स्योरेन्सले भने गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस नदिइ नगद लाभांश मात्रै दिने भएको छ । कम्पनीले ११.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेका कम्पनीहरुका पनि बार्षिक सधारणसभा सकिएको छैन । केही कम्पनीले जेठमा साधारणसभा बोलाएका छन भने केहीले कोरोनालाई देखाएर सभा स्थगन समेत गरेका छन् ।

वि.सं.२०७८ जेठ १२ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...