back
NMB ad

तीन हाईड्रोपावरको कारोबार रोक्का गर्न माग गर्दै सेबोन, नेप्से र आयोगमा निवेदन, होला त कारबाही ?

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ता केशव कोइरालाले नेपाल धितोपत्र बोर्डमा ३ वटा जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गर्न माग गर्दै निवेदन दिुनुभएको छ ।

निवेदनमा खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीले लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेको र गरेको पनि गलत भएको भन्दै यस्ता कम्पनीको कारोबार रोक्का गरेर छानविन गर्न माग गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीले समयमा नै वित्तीय विवरण प्रकाशित नगर्दा लगानीकर्ताहरु थप अन्यौलमा पर्ने र प्रकाशित वित्तीय विवरण गलत हुँदा लगानीकर्तामा भ्रम सृजना हुने भन्दै नेप्सेलाई बोधार्थ दिएर बोर्डमा मंगलबार निवेदन परेको हो ।
निवेदनमा उल्लेख भए अनुसार खानीखोला हाईड्रोपावरले २०७६ पुस यता कुनै पनि विवरण प्रकाशन नगरेको, जोशी हाईड्रोपावर र हिमाल दोलखा पावर कम्पनीले हालसम्म कुनै पनि वित्तीय विवरणहरु प्रकाशन नगरेको भन्दै यी कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का गर्न माग गरिएको छ ।

खानीखोलाको २०७६ साल पौष मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहेको र लगातारको घाटाले कम्पनीको नेटवर्थ ५० रुपैयाँभन्दा बढी नकारात्मक भएको हुनसक्ने आंकलन गरिएको छ । यस्तो कम्पनीको सेयर महँगो मूल्यमा हुँदा लगानीकर्ता डुब्ने खतरा भएकाले सूचीकरण खारेजी गर्न समेत माग गरिएको छ ।

यस्तै मंगलबार विद्युत नियमन आयोगमा पनि कोइरालाले निवेदन दिनुभएको छ । आयोगमा हाईड्रोपावर कमपनीको अनियमितता छानविन गर्न भन्दै निवेदन परेको हो । यी कम्पनीहरुले भगिनी कम्पनीमा लगानी गर्न र ऋण तिर्न हकप्रद सेयर घोषणा गरेको भन्दै ती कम्पनीले आयोगसँग अनुमति लिएको हो की होइन भन्दै निवेदन परेको हो ।

अहिले कतिपय कम्पनीका मुख्य प्रबद्र्धकले आफ्नो स्वामित्वमा रहेका सेयर बिक्री गरेर बाहिरिने क्रम बढेको भन्दै यसलाई रोक्न समेत माग गरिएको छ । बोर्ड, नेप्से र आयोगमा निवेदन परेपनि कारबाही हुनेमा भने आम लगानीकर्तामा शंका पैदा भएको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार ०९:३५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...