back
NMB ad

चुरे क्षेत्रमा कुटोले खोर्सन पनि दिदैनौं, एक डोको बालुवा पनि निकालिने छैनः उपप्रम पौडेल

Kumari bank ad

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले चुरे क्षेत्रमा डोजर त के कुटो, कोदालोले खोर्सन समेत नदिने बताउनुभएको छ ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आयोजना गरेको अन्तकृया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा उहाँले चुुरे क्षेत्रबाट एक डोको बालुवा र एक डोको दाउरा समेत निकाल्ने नदिने जानकारी गराउनुभयो । अहिले कतिपयले राजनीति गर्ने विषय नपाएका कारण चुरेलाई लिएर राजीनित गर्न थालेको भन्दै चुरलाई राजनीतिक गर्ने विषय नबनाउन समेत आग्रह गर्नुभयो । चुरेको संरक्षण सबै नेपालीको दायित्व रहेको भन्दै यो दायित्वमा आफू अझै दरोसँग लाग्ने बताउनुभयो ।

अहिले सिद्धबाबा सुरुङ मार्ग बनाउने तयारी हुँदा हुँदै पनि केहीले त्यहाँको डाँडो खन्न लागेको भनेर चर्चा सुरु भएको भन्दै त्यो सबै गलत भएको बताउनु भयो । उहाँले डाँडा नबिगारी सुरुङ मार्ग बनाउने सरकारको तयारी रहेको उहाँको भनाइ छ । चुरे बचाउनको लागि यो सरकार लागि परेको भन्दै यो सरकार पूर्वदेखी पश्चिमसम्मको सबै पहाड जोगाउने र सिद्धबाबाको डाडाँ पनि खन्न नदिने जानकारी गराउनुभयो ।
सरकारले खानीको संरक्षण गर्ने तयारीमा रहेको समयमा बजेटको १९९ बुँदाले आजै बाट निकासी गरौ भनेर नभनेको समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा अर्थ सचिव शिशिर ढुंगाना बजेटले चुरे नभनेको तर जहाँ सम्भावना छन् वैज्ञानिक, भौगर्भिक रुपमा जहाँ योग्य त्यो क्षेत्रलाई मात्रै इगित गर्न खोजेको जानकारी गराउनु भयो । उहाँले आन्तरिक आवश्यकतालाई पुर्ती गरेर मात्रै निर्यात गर्नुपर्ने जाकारी गराउनुभयो ।
बजेटको १९९ बुँदामा नीतिगत उद्घोष रहेको भन्दै यसको लागि नीति, नियमन बनाएर कार्यान्व्यन गर्ने सोचमा सरकार रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा वाताबरण विद बिनोद भट्टले हिमाल शिर हो, चुरे पाइताला भएको भन्दै हाम्रो पाइताला नै काटियो भने कसरी बाचिन्छ भन्दै प्रश्न गर्नुभयो । निकासी बन्द गर्दा त सरकारले केही गर्न सकेको नसकेको बेला निर्यात खोल्दा चुरे नजोगिने धारणा राख्नुभयो ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले ढुंगागिटी बेचेर अर्थतन्त्र बलियो बनाउन नसकिने धारणा राख्नुभयो । यसले ब्यापार घाटा कम गर्न नसक्ने र खानीको व्यवस्था नगरे संकटमा जान सक्ने तर्फ इगित गर्नुभयो । यसले पाउने लाभ भन्दा पर्ने क्षती बढने उहाँको तर्क छ ।

उहाँले सिमेन्ट उत्पादन गर्ने कम्पनी भएजस्तो टढुंगा, गिटीको लागि पनि उद्योग आवश्यक रहेको बताउनु भयो । ‘सरकारले बरु हरेक प्रदेशमा १,१ वटा उद्योग बनाओस’ उहाँले भन्नुभयो ‘हामीले १० वर्षको अवधिमा गफ मात्रै गर्यौ । यसलाई कम्पनीको मोडलमा लगेर व्यवसायिक रुपमा काम गरौ ।’ अब औद्योगिक रुपमा जान आवश्यक रहेको उहाँको तर्क छ । अब अर्थ मन्त्रालयलले निर्यात गर्न नदिने भनेर विज्ञप्ति जारी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा चुरे विकास समितिका अध्यक्ष डा.किरण पौडेलले सरकारले ल्याएको बजेटमा १९९ बाहेक सबै विषय जनताबाट अनुमोदन भएको बताउनु भयो । चुरे दोहनमा १९९ बुँदाले नछुने बताउनु भयो । चुरे दोहन कुनै पनि हालतमा हुन नदिने उहाँको भनाइ छ ।

चुरे विकास समितिले एक्साभेटर बार्षिक १ सय १० मिलियन मिटर क्यूब बार्षिक निकाल्न नसकेको खण्डमा बाढी पस्ने गर्दछ । गण्डकी प्रदेशबाट बार्षिक १ सय १३ लाख मिलियन मिटर क्यूब उत्पादन हुने र यो सबै नेपालमा प्रयोग भएर पनि ४० प्रतिशत निर्यात गर्न सकिने समेत जानकारी गराउनु भयो ।

वि.सं.२०७८ जेठ २६ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...