back
NMB ad

इन्डेक्स २७० अंकले बढ्दा कुन सब इन्डेक्समा कस्तो देखियो उछाल ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आएको उछालले लगानीकर्ता धेरै नै लाभान्वित बनेका छन् । बजारमा देखिएको तिब्र सुधारले गर्दा लगानीकर्ताको बजारप्रतिको आशा जागेको छ । विगत एक महिनाको तथ्याङकलाई हेर्ने हो भने पनि इन्डेक्स २७०.९ अंकले बढेर २९४४.७८ बिन्दुमा पुुगेको छ । इन्ट्र डे कारोबारमा इन्डेक्स ३ हजार कटिसकेको छ ।

कारोबार रकममा पनि १७ अब भन्दा बढी भइसकेको छ । बजारमा सुुधार आउँदा लगानीकर्ताले पनि मालामाल बनेका छन् । एक महिनाको अवधिमा प्राय अधिकांश समूहको उपसूूचकमा उल्लेख्य सुधार भएको छ । जसको लाभ लगानीकर्ताले पाइरहेका छन् । कोरोनाका कारण अन्य आर्थिक गतिविधि ठप्प हुँदा सेयर बजारले भने इन्डेक्स तथा कारोबार रकममा आफ्नो रेकर्ड तोडदै नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।

एक महिनाको अवधिमा बैंकिङ समूहको उपसूचक १८५.९७ अंकले बढेको छ । एक महिना अघि १७८३.२८ अंकमा रहेकोमा अहिले एक महिनको अवधिमा १९६९.२५ बिन्दुमा रहेको छ । एक साता अघि बैंकिङ समूहको उपसूचक बढेर १९७५. २९ बिन्दुमा पुुगेको थियो । त्यसयता केही घटेर पुुन बढेको छ ।

यस्तै होटल समूहको उपसूचक ३४०.४४ अंकले बढेर ३५८९.३६ बिन्दुुमा पुुगेको छ । यसअघि होटल समूहको उपसूचक ३२४८.९२ बिन्दुमा रहेको थियो । यो अवधिमा होटल मसूहको उपसूचकमा निकै उतारचढाव देखिएको छ । गत साता ३६६१.९७ बिन्दुमा पुुगेको थियो । त्यसयता केही घटेको देखिएको छ ।

एक महिनाको अवधिमा विकास बैंक समूहको उपसूचकमा १८५४.५५ अंकले बढेर ४६८९.०२ बिन्दुमा पुुगेको छ । एक महिना अघि विकास बैंकको उपसूचक २८३४.४७ अंक रहेकोमा अहिलेसम्म ४६८९.०२ बिन्दुमा पुगेको छ । विकास बैंक समुहको उपसूचक ४७२४.९३ अंक सम्म पुुगेको छ ।

एक महिनाको अवधिमा माइक्रोफाइनान्स समूहको उपसूचकमा भने सामान्य करेक्सन भएको छ । एक महिना अघि ५४७०.३५ बिन्दुुमा रहेको माइक्रोफाइनान्स समूहको उपसूचक बढेर ५६९७.०४ बिन्दुुमा पुुगेर पुन गिरावट आएको छ । जेठ १८ गते ५३४८.५० बिन्दुुमा पुुगेर पुन उकालो लाग्न थालेर ५४७७.७४ बिन्दुुमा पुगेकोमा थोरै घटेर ५४१९.४९ बिन्दुमा रहेको छ ।

यता जीवन र निर्जीबन बीमा समूहको उपसूचकमा भने निकै सुधार देखिएको । एक महिना अघि १७ हजार ३२७.०८ रहेकोमा अहिले १९३३.३८ अंकले बढेर १९ हजार २६०.४६ बिन्दुमा पुुगेको छ । यो अवधिमा जीवन बीमा समूुहमा लगानी गरेका लगानीकर्ता मालामाल बनेका छन् ।

यस्तै निर्जीबन बीमा समूहको उपसूचक एक महिनाको अवधिमा १७९१.८९ अंकले बढेर १५ हजार ४१५.६२ बिन्दुमा पुुगेको छ । एक महिन अघि १३ हजार ६२३.७३ बिन्दुमा रहेको थियो ।

नेप्सेका अनुसार वित्त समूहको उपसूचक करिब २५ नजिक पुुगेको छ । एक महिनाको अवधिमा १०३८.६९ अंकले बढेर २३२३.६१ बिन्दुमा पुुगेको छ । यो अवधिमा व्रित्त समूहको उपसूचकमा उल्लेख्य सुधार देखिएको छ । वित्त समुहमा लगानी गर्ने लगानीकर्ता पनि मलामाल बनेको तथ्याँकले देखाएको छ ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १९:०१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...