back
NMB ad

कारोबार फुकुवा भएकै दिन खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि, आज कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । कारोबार फुकुवा भएकै दिन खानी खाला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

सकरात्मक सर्किट लागेपछि कम्पनीको सेयर मूल्य आज २७५ रुपैयाँ पुगेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको ३७ लाख ५८ हजार २७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सोमबार १३ हजार ६९२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गत जेठ २० गतेदेखि रोक्का रहेको कम्पनीको सेयर कारोबार आजदेखि फुकुवा भएको हो । नेप्सेले उक्त कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कारोबार रोक्का गरेको थियो ।

कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आगामी दिनमा समयमै वित्तीय विवरण पेश गर्ने प्रतिवद्धता सहितको पत्र नेप्सेमा पठाएकाले समयमै वित्तीय विवरण अपलोड गर्न सचेत गराउँदै कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

कम्पनीले जेठ २३ गते चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १५:३८ मा प्रकाशित

You can share this post!

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...