back
NMB ad

उच्च दरमा बढ्यो तेलको मूल्य

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा घ्यू तथा तेलको मूल्य उच्च दरमा वृद्धि भएको छ ।  गत वर्षको बैशाख मसान्त र यस वर्षको सोही अवधिको तुलनामा घ्यू तथा तेलको मूल्य २८.२० प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चाल आवको बैशाख मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।

गत वर्षको बैशाख महिनाको तुलनामा यो वर्षको सोही अवधिमा मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ ।

यस्तै, समिक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।
गत वर्षको सोही अवधिमा वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १८:१९ मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...