back
NMB ad

बैंकमा कर्जाको माग घट्यो, निक्षेप संकलन बढ्न थाल्यो

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण बैंकमा कर्जाको माग घटन थाल्दा निक्षेप संकलन भने बढिरहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानीको माग जम्मा ८ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

जेठ तेस्रो साता बैंकहरुमा ३९ खर्ब ६९ अर्ब निक्षेप संकलन भएकोमा चौथो साता आईपुग्दा ३९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा बैंकमा १३ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ ।

संघका अनुसार पछिल्लो साता कर्जाको माग भने घटेको छ । जेठ तेस्रो साता ३६ खर्ब ३४ अर्ब रुपैयाँ रहेको कर्जा लगानी एक साताको अवधिमा ८ अर्ब रुपैयाँले थपिएर ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

कोरोनाका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण बैंकहरुमा कर्जाको माग घटेको देखिएको छ । यसअघि लकडाउन खुकुलो भएसँगै बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ । निषेधाज्ञाले आर्थिक क्षेत्र ठप्प हुँदा कर्जाको माग पनि खुम्चन थालेको देखिएको छ ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १७:२० मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...