back
NMB ad

सिद्धार्थ इन्स्योरेन्सले पठाउन सुरु गर्यो सेयरधनीको बैंक खातामा नगद लाभांश

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आजदेखि सेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक आतामा नगद लाभांश पठाउन सुरु गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्त पुँजीको ३.७८९४ प्रतिशतका दरले नगद लाभांश पठाउन सुरु गरेको हो । उक्त लाभांश जेठ २८ गते सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट पातिर भएको थियो ।

साथै साधारणसभाबाट पारित भएको १२ प्रतिशत बोनस सेयर सूचीकरण भए पश्चात सम्वन्धित सेयरधनीको खातामा जम्मा गरिदिने सूचनामा उल्लेख छ ।

साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीबाट आव २०७४/७५ मा पारित भएको बोनस सेयरको कर बापत को रकम जम्मा गर्न बाँकी रहेका सेयरधनीहरुको कर बापतको रकम यसै नगद लाभांशबाट कट्टा गरि बाँकी रकम मात्र भुक्तानी गरिएको छ ।

नगद लाभांशाबाट नपुग हुनेको हकमा सो रकम कट्टा नगरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...