back
NMB ad

भूस पनि भारतबाटै आउँछ नेपालमा, गत वर्ष मात्रै १२ करोड खर्चियो !

Kumari bank ad

वीरगञ्ज । स्थानीय चामल मिलहरुले पर्याप्त भूस उत्पादन गरेपनि उद्योगहरुमा प्रयोग हुने भुस भने भारतबाट आयात हुने गरेको छ । भारतबाट आयात गर्दा प्रतिकेजी एक रुपैयाँ सस्तो पर्ने भएकोले स्थानीय उत्पादन खेर जाने र आयात भएको भूसको बढेको छ ।

गत आर्थिक वर्षमा करिब १२ करोड रुपैयाँको भूस आयात भयो । वीरगञ्ज भन्सार कार्यायका अनुसार ५ हजार नौ सय ३३ टन भुस भित्रिएको थियो ।

पर्सा, बारा र रौतहट जिल्लासमेत रहेका साना ठूला करिब दुई सय ५० वटा राइस मिलबाट दैनिक ३५ ट्रक भूस उत्पादन हुँदै आएको जय शिवम् ट्रेड एन्ड सप्लायर्सका सञ्चालक विश्वामित्र कलवारले बताए । तर मुश्किलले १५ ट्रक भूस बिक्ने गरेको उनले जानकारी दिए । एक ट्रकमा औसत १७ टन भूस अटाउँछ ।

स्थानीय भूस नविक्नुको प्रमुख कारण मूल्य नै हो । भारतबाट आयात गरेको भूस वीरगञ्जमा तीन रुपैयाँ ९० पैसादेखि चार रुपैयाँ १५ पैसासम्म पर्छ । स्थानीय मिलहरुले उत्पादन गरेको भूस प्रतिकेजी चार रुपैयाँ ३० पैसादेखि ५ रुपैयाँसम्म पर्ने वैदेही भूस सप्लायर्सका सञ्चालक मुक्ति पटेलले बताए।

भारतीय भूसले वीरगन्ज पथलैया करिडरका उद्योगमा कब्जा जमाएपछि स्थानीय धानमिलबाट उत्पादित भूस चितवन, बुटवल,भैरहवा र काठमाण्डौंका उद्योगमा आपूर्ती थालेर व्यवसाय धानेको नारायणी भूस व्यवसायी संघ वीरगञ्जका अध्यक्ष गम्हिरा पटेलको भनाइ छ ।

ठूला र मझौला समेत स्थानीय ३० वटा उद्योगमा पानी तताउने व्बायलर तताउन भूसको प्रयोग गरिंदै आएको छ । विद्युत र डिजलको तुलनामा सस्तो हुने भएकाले पनि उर्जाका लागि भूस प्राथमिकतामा परेको हो । लागत कम पार्न भूससँगै उखू उद्योगबाट निस्किने मोलासिस ९उखूको बोक्रा० समेत मिसाएर ब्वायलरमा आगो बाल्ने गरिएको छ । घिउ, साबुन, दाना, खाद्यान्न उद्योगमा भूसको प्रयोग उच्च छ ।

भूसको आयातमा भन्सार मूल्यांकनमा हुने अनियमितताका कारण पनि आफूहरु समस्यामा परेको स्थानीय धानचामल उद्योगबाट भूस खरिदबिक्री गर्दै आएका व्यवसायीको गुनासो छ । २० टनसम्म बोकेर ल्याएका ट्रकको तौल जम्मा १७ टन उल्लेख गरेर भन्सार छलिन्छ, एक भूस व्यवसायीले भने, राजश्वमा हुने अन्तरबाट भन्सार कर्मचारी र एजेण्टले फाइदा उठाउँछन् ।

१९ जेठ २०७३, ९।००, बिजमाण्डु

वि.सं.२०७३ जेठ १९ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...