back
NMB ad

किसानको सूचीकरण गर्न चिन्तन गर्नुपर्छ, कृषिमा क्रान्ति ल्याउन जे गर्नुपर्छ गरेरै अगाडि बढौं : कृषि मन्त्री साह

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाल कुमारी साहले कृषि क्रान्तिका  लागि जस्तो सुकै कदम चाल्नपनि पछि हट्न नहुने बताउनुभएको छ ।

कृषि विभाग तथा नेपाल कृषि महासंघको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण सम्वन्धी राष्ट्रिय सम्मेलन’मा मन्त्री साहले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यसका लागि सरकारले दीर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ एक साता पहिले कृषि मन्त्री नियुक्त भएकी साहले किसानका लागि हित हुनेगरि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘किसानको सूचीकरण कहिलेसम्म गर्न सक्छौ भन्ने हामीले चिन्तन गर्नुपर्छ’, मन्त्री साहले भन्नुभयो, ‘अवसर र चुनौतिसंगसंगै अगाडि बढ्नुपर्छ । यसो हुदैगर्दा हामी आत्मनिर्भर हुनेक्रममा पुग्छौं ।’ भूउपयोग नीतिलाई कडाइसाथ लागू गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले खण्डीकरण गर्ने कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।

खेतबारीमा काम गर्ने कामदारहरु नपाइने भएका कारण पनि नेपालको कृषि पछाडि पर्दै आएको कुरा औल्याउदै मन्त्री साहले कृषिमा क्रान्ति ल्याउन जे गर्नुपर्छ गरेरै अगाडि बढ्नुपर्ने बताउदै उहाँले सोयल हेल्थ कार्डको व्यवस्था गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले अर्वन एग्रीकल्चरमा पनि फोकस हुनुपर्ने सुझाव दिनुभएको थियो । उर्वर भूमि उपत्यका, पोखरा, दाङ लगायतका शहर बनिसकेको अवस्थामा अव अर्वन एग्रीकल्चरतर्फ लैजान आयोजकलाई सुझाव दिदै ओलीले जल, जमिन, जंगल, जलवायु, जडिवुटी, जनशक्ति, जराजुरी, जनावर, प्रोटेक्सन गर्दै लैजान सकेमा पक्कै पनि कृषिमा आधुनिकीकरण हुदै जाने बताउनुभयो ।

मल, बीउ लगायतका समस्या सधै भोग्नुपर्ने समस्याको अन्त्य चाडै गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले हाम्रो देशमा कृषि पढेका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास अत्याधिक हुनुपर्ने बताउनुभयो ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका निमित्त सचिव डा.विमलकुमार निर्मलले किसानलाई राम्रोसंग केहि दिन नसकेकोमा आफु दुखित भएको बताउनुभयो । लाइभस्टकमा भ्याक्सिन, ब्रिडिङ, फिड आयातको समस्य एकदमै धेरै भएको हुदा कृषि तथा पशुपन्छी क्षेत्रमा ४, ५ वटा क्षेत्रमा काम गर्ने हो भने किसान त्यसै खुसी हुनेछन् । डा.नर्मलले कृषिमा श्रमिक कति छन् ? मेकनाइजेशन र मोर्डनाइजेशन गर्ने कुरामा उपयोगी बनाउन जोड दिनुपर्ने बताउनुभो ।

त्यसैगरि राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले कृषि र पशुको कुरा मात्रै होइन भूमिको व्यवस्था गरि अधिकतम प्रयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

खण्डहर बन्दै गरेको अवस्थामा कृषि भूमिलाई उपयोग गर्नुपर्ने बताउदै उहाँले नदि कटान दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारी, निजी, प्रति जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

कृषि बन विश्वविश्द्यालयका उपकुलमति प्रा.डा.पुन्यप्रसाद रेग्मीले नेपाल एकदमै जोखिम अवस्थमा भएको बताउनुभयो । वातावरणीय प्रवाभले पनि कृषिको आधुनिकीकरणकालागि बाधक हुने बताउदै उहाँले ठूलो संख्यामा भएका साना किसान छन्, त्यसकारण उत्पादनका आधारमा किसानको वर्गीकरण गरिनुपर्ने बताउनुभयो ।

वि.सं.२०७८ असार ४ शुक्रवार १४:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...