back
NMB ad

धितोपत्र बोर्ड विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । शुक्रबार अधिवक्ता रविन बोहजुले अदालतमा ४ वटा सरकारी निकायलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको छ ।

बोहजुका अनुसार रिटमा बोर्डले असार १ गते अस्वभाविक मूल्य बढाइएका भनेर नाम सार्वजनिक गरिएका ५१ वटा कम्पनीको बदर गर्न माग गरिएको छ ।

यसले आम लगानीकर्तालाई आतंकित बनाएको भन्दै त्यसको बदर गर्न माग गरेको उहाँको भनाई छ । ५१ वटा कम्पनी जोखिमयुक्त छ भनेर विज्ञप्ति निकाल्नु कानुन सम्मत नभएको भन्दै त्यसलाई खारेज गर्न माग दाबी गरेको अर्थतन्त्रलाई बोहजुले बताउनु भयो ।

बोर्डले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ, इन्साइडर टे«डिङ भएको भनिएपनि त्यसको कुनै मापन गर्ने विधि नभएको भन्दै त्यसमा उपयुक्त आज्ञा आदेश जारी गरिपाँउ भनिएको छ ।

रिट निवेदनमा लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । रिट निवेदनमा धितोपत्र बोर्ड, कानून मन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई विपक्षि बनाइएको छ । उहाँका अनुसार यसको पेशी ६ गतेका लागि तोकिएको छ ।

वि.सं.२०७८ असार ४ शुक्रवार १५:१८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...