back
NMB ad

३ अर्ब २० करोड बढीको सिमेन्ट किलिङ्कर आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा सवा तीन अर्ब बढीको सिमेन्ट किलिङ्कर आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको जेठमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जेठ मसान्तसम्म नेपालमा ३ अर्ब २० करोड २८ लाख १७ हजार रुपैयाँ बराबरको किलिङ्कर आयात भएको विभागले जनाएको छ ।

उक्त अवधिमा छिमेकी दुई मुलुक भारत र चीनबाट ६ लाख ५३ हजार १७८ टन सिमेन्ट किलिङ्कर आयात भएको देखिएको छ ।
बैशाख मसान्तसम्म ३ अर्ब ४६ करोड ३ लाख ८० हजार रुपैयाँ बराबरको किलिङ्कर आयात भएको थियो । एकै महिनाको अवधिमा ६ करोड ५९ लाख ७५ हजार रुपैयाँले किलिङ्कर आयात बढेको हो ।

चालु आवको पछिल्लो ११ महिनाको अवधिमा सबैभन्दा बढी भारतबाट आयात भएको देखिएको छ । उक्त देशबाट मात्रै ३ अर्ब ५२ करोड ६३ लाख ५२ हजार रुपैयाँ बरारबरको आयात भएको विभागले जनाएको छ ।

जेठ मसान्तसम्म ६ लाख ५३ हजार १७८ टन सिमेन्ट किलिङ्कर नेपाल आएको छ । बैशाख मसान्तसम्ममा भने ३ अर्ब ४५ करोड ५८ लाख ५२ हजार रुपैयाँ बराबरको किलिङ्कर आयात भएको थियो ।

यस्तै, उक्त अवधिमा चीनबाट २ टन मात्रै आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चीनबाट ३ हजार रुपैयाँ बराबरको सिमेन्ट किलिङ्कर आयात भएको विभागले जनाएको छ ।

बैशाख मसान्तसम्म भने ४५ लाख २८ हजार रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको थियो ।

वि.सं.२०७८ असार १० बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...