back
NMB ad

ज्योति विकास बैंकले डेढ अर्बको ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको लागि बार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योती विकास बैंक बण्ड २०७८’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले १ अर्ब ५० करोड रुपैयाँको १५ लाख कित्ता ऋणपत्र असार २० गतेदेखि निष्कासन गर्न भएको छ ।
बैंकले निष्काशन गर्न लागेको १५ लाख कित्ता मध्ये ९ लाख कित्ता ऋणपत्र बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने ६ लाख कित्तामा ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।

ऋणपत्रमा असार २३ गतेसम्म आवेदन दिन पाइने छ । माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाइने छ । यसको बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...