back
NMB ad

काठमाडौंका यी स्थानमा पाइन्छ ४ देखि २० लाखसम्मको घडेरी ! (विवरणसहित)

Kumari bank ad

काठमाडौं । काठमाडौं महागरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य निर्धारण गरेको छ ।

महानगर क्षेत्र भित्रका प्रमुख सडक तथा सडक आसपासका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनका लागि मूल्य निर्धारण गरेको हो ।

महानगर क्षेत्रका केही स्थानहरुको जग्गाको मूल्य प्रतिआना ४ लाख रुपैयाँ (बाटो नभएको) देखि ५० लाख रुपैयाँ निर्धारण गरेको छ । हामीले यहाँ ४ देखि २० लाख रुपैयाँ आनासम्मको जग्गालाई मात्रै समावेश गरेका छौ ।

महानगरले नयाँ बजार नगरविकास आयोजनाको मुलपिच सडकसंग जोडिएको दायाँबायाँका जग्गाहको मूल्य प्रतिआना २० लाख रुपैयाँ निर्धारण गरेको छ ।

बाटो तथा गोरेटो बाटे नभएका काठमाडौं महानगरपालिका १४ अन्तर्गतका सडकहरुको दायाँबायाँको जग्गाको मूल्य प्रतिआना ४ लाख रुपैयाँदेखि तल नहुने गरि निर्धारण भएको छ । सोही वडाका सडकहरु दायाबाँयाँ जग्गाहरु बढीमा २० लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

यस्तै, कामपा १५ अन्तर्गतका जग्गाहरु भने ७ लाख (बाटो नभएको) देखि १६ लाख (मुल सडक) रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ ।

यी हुन् २० लाख रुपैयाँका जग्गा निर्धारण भएका स्थानहरु

महानगरभित्रका विभिन्न ४ ठाउँका जग्गाको मूल्य प्रतिआना २० लाख रुपैयाँ तोकिएको छ ।

जसमध्ये नयाँबजार नगरविकास आयोजनाको मुलपिच सडकसंग जोडिएको दायां बायांका जग्गाहरु, गोंगबू (चक्रपथ) चोकबाट जाल्पाचोकसम्मको मुलबाटोको आसपासका जग्गाहरु मूल्यांकन पूस्तिकामा प्रस्तुत हून छूट भएको र घर बाटो सिफारिस आउंदा मुल बाटो भनि उल्लेख भएमा त्यस्तो छूट भएको मुल बाटोको दायाँ बायाँंका जग्गाहरुको मूल्य प्रतिआना २० लाख रुपैयाँ निर्धारण गरेको छ ।

त्यसैगरी गोपीकृष्ण सिनेमा हल नजिक चक्रपथ ट्रयाक हूंदै पुलिस विट बायाँबाट कपन जाने बाटो र दायाँ महांकाल पानीट्यांकी तर्फ निस्कने र मंहाकालबाट कपनको वडा भवनतर्फ जाने र बेख जाने बाटोको कपन सीमानासम्मको सडकसँग जोडिएको दायाँबायाँ र गोपीकृष्ण नगर जाने चक्रपथको ट्रयाकबाट सूरु भई गोपीकृष्णनगर एकीकरण आयोजनाको र वडा–६ तर्फ ७ तल्ले घरसम्म, कपनजाने बाटोसम्म, कपन वडा भवनजाने मुलबाटो र महांकालसम्मको र सो भित्र पर्ने जग्गाहरुको मूल्य २० लाख रुपैयाँ निर्धारण गरेको हो ।

प्रतिआना १८ लाख रुपैयाँ निर्धारण गरिएका स्थानहरु 

महागरले विभिन्न ८ स्थानका जग्गाको मूल्य १८ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती र विष्णुमति करिडोर क्षेत्रको सडकसँग जोडिएका आसपास, धोविखोला करिडोरसँग जोडिएका, मित्रपार्कदेखि गौरीघाट चोकसम्म मुलसडकसँग जोडिएका र मित्रपार्कदेखि गौरीघाट चोकसम्म र सो भित्र पर्ने जग्गाहरुको मूल्य १८ लाख रुपैयाँ निर्धारण गरेको हो ।

यस्तै, चाबहिल चोकदेखि गणेशस्थान हुँदै भत्केको पूलसम्मको दांयाबांया र चाबहिल चोक हुँदै सिफल चौरसम्म र सो विचमा पर्ने, भत्केको पूलहुँदै कालोपूलसम्मको पिचसडकसँग जोडिएका र सो बीचमा पर्ने जग्गाहरु, कालोपूलहुँदै मित्रपार्क चोक दुरसंचार पछाडिको मुलसडक निस्कने बाटो तथा कालोपूल हुँदै चाबहिल गणेश स्थान निस्कने बाटोसँग जोडिएका दायाँबायाँ र मित्रपार्क चोक हुँदै दुरसंचार मुल सडक निस्कने बाटोसम्मका दायाँ बायाँका र सो बीचमा पर्ने जग्गाको मल्य पनि प्रति आना १८ लाख रुपैयाँ तोकेको छ ।

त्यसैगरी नगरविकासबाट वितरण गरिएकोका घडेरी जग्गा मध्ये वडा-७ को हकमा धोविखोला करिडोर सडकसंग जोडिएका, सरस्वती नगर मुल सडक दांया बांयाका जग्गाहरुको मूल्य १८ लाख रुपैयाँ निर्धारण गरेको हो ।

यो दररेट महानगरपालिकाले आगामी आवको बजेट भाषणाको क्रममा सार्वजनिक गरेको भएपनि चलेको दर रेट भने यो भन्दा निकै महंगो रहेको छ ।

महानगरले राजस्वको लागि उक्त दररेट सार्वजनिक गरेको हो । उक्त क्षेत्रको जग्गाको मूल्य सरकारले भनेको भन्दा पनि अहिले खरिद बिक्री गर्ने बिचौलीयाको हातमा रहेको पाइन्छ । उक्त क्षेत्रको जग्गा यहा उल्लेख गरे अनुसार पाउन भने सम्भव नरहेको स्थानीको भनाई छ ।

काठमाडौंका कुन क्षेत्रका जग्गाको मूल्य कति ? विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो पनि हेर्नुहोस् :

काठमाडौंको न्यूरोडमै पाइन्छ प्रतिआना ३६ लाखमा जग्गा

वि.सं.२०७८ असार ११ शुक्रवार १५:०८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...