काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई ऋणपत्र निष्काशन गर्नका लागि अनुमित दिएको छ ।
बैंकलाई १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि बोर्ड बिहीवार (असार १० गते) अनुमति दिएको हो । बैंकले अब ४ प्रतिशत ब्यादर रहेको ९ वर्ष अवधिको १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ ।
बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार १५:५१ मा प्रकाशित