back
NMB ad

काठमाडौं महानगरलाई बजेट खर्च गर्न धौ धौ, करिब ५ अर्ब मात्रै खर्च

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बजेट अपेक्षा अनुसार खर्च गर्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएपछि काठमाडौँ महानगरलाई चालु आव २०७७-०७८ को राजस्व र खर्चको लक्ष्य पूरा गर्न कठिन भएको बताइएको छ ।

बिहीबार आगामी आव २०७८-०७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविड १९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको छ ।’

आ. व. ०७८-०७९ को आय-व्यय अनुमान प्रस्तुत गर्दै उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘चालु आवका लागि १६ अर्व ४२ करोड ७३ लाख रुपैयाँ आय अनुमान गरेर सोहीअनुरुप बजेट विनियोजन गरिएको थियो ।

त्यसमा बैङ्क मौज्दात ३ अर्व ५० करोड रुपैयाँ थियो । यसबाहेक आन्तरिकतर्फ ६ अर्व ६५ लाख रुपैयाँ अनुमान गरिएको थियो । त्यसमध्ये ४ अर्व ६३ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ १ अर्व ४२ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएकोमा ५४ करोड ७८ लाख रुपैयाँ प्राप्त भएको छ । सशर्त अनुदानतर्फ २ अर्व ५७ करोड ५१ लाख रुपैयाँ अनुमान गरिएकोमा ८३ करोड ५० लाख प्राप्त भएको छ ।’

प्रस्तावित आयमध्ये सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट फिर्ता ९६ करोड ८८ लाख रुपैयाँ थियो । चालु खर्चतर्फ विनियोजन गरिएको ४ अर्व ९२ करोड ४२ लाख रुपैयाँमध्ये ०७८ जेठ मसान्तसम्ममा २ अर्व ५९ करोड ९ लाख रुपैयाँ खर्च भएको छ । यसैगरी पुँजीगततर्फ ८ अर्व ८४ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ३ करोड ३६ लाख रुपैयाँ, वित्तिय क्षेत्रतर्फ ३७ करोड ११ लाख रुपैयाँ विनियोजन भएकोमा ८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्व ८४ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा १ अर्व ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्रतर्फ २ अर्व ५७ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ९ करोड ३९ लाख रुपैयाँ अर्थात् ४२ प्रतिशत खर्च भएको छ ।

पूर्वाधार क्षेत्र विकासतर्फ ७ अर्व ८० करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएकोमा ९३ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ विनियोजन गरिएको १ अर्व १ करोड ३ लाख रुपैयाँमध्ये १९ करोड ५१ लाख खर्च भएको छ । आर्थिक विकास क्षेत्रमा विनियोजन गरिएको ८४ करोड ४२ लाख रुपैयाँमध्ये १४ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आवको बजेट खर्च गर्न नसकेर बसेका महानगरले आगामी आव २०७८-०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बार्षिक बजेट प्रस्ताव गरिएको छ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ व्यहोरिनेछ ।

त्यसैगरी राजस्व बाँडफाँडबाट २ अर्व ५८ करोड २५ लाख रुपैयाँ, नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त प्राप्त हुने ८३ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ, बैङ्क मौज्दात ७ अर्व रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत् प्राप्त हुने १ अर्ब ५० करोड रुपैयाँ र अन्य वाह्य स्रोतबाट प्राप्त हुने १ अर्ब ३७ करोड ७ लाख रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १८:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...