काठमाडौं । नेपाल पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।
उक्त अवधिमा एकैदिन थप ५ हजार २५५ जना कारोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म निको हुने संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
अहिले ४५ हजार ७९४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार १८:०४ मा प्रकाशित