back
NMB ad

सेयर बजारमा दोहोरो अंकको सुधार, घट्यो कारोबार रकम 

Kumari bank ad
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । निकै उतार चढावका बीच पनि बजारमा दोहोरो अंकको सुधार देखिएको हो ।
यो दिनको कारोबारमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक २७.३८ अंकले बढेर २८७०.३८ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ३८.२६, जलविद्युत ७६.८१, उत्पादन तथा प्रशोधन २८.६५, माइक्रोफाइनान्स समूहको उपसूचक ४.९ अंकले बढ्दा जीवन बीमा १२.९६, निर्जीबन बीमा ४०.५१, विकास बैंक समूहको उपसूचक ५९.४१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेशनल  हाईड्रोपावर अग्रस्थानमा देखिएको छ । कम्पनीको ४० करोड ७० लाख २५ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा सेञ्चुरी बैंक र पुनर्बीमा कम्पनी रहेका छन् ।

वि.सं.२०७८ असार १३ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...