back
NMB ad

वस्तु विनिमय बजार सञ्चालन निर्देशिका लागु, विदेशीले ५१ % सम्म लगानी गर्न सक्ने (निर्देशिकासहित)

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘वस्तु विनिमय बजार सञ्चालन गर्ने अनुमति पत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका-२०७८ लागु गरेको छ । बोर्डले बस्तु विनियम बजार सञ्चालनको लागि निर्देशिका लागु गरेसँगै अब वस्तु विनिमय बजार सञ्चालनको लागि बाटो खुला भएको छ ।

निर्देशिकाको प्रस्तावनामा नेपालमा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्ंचालन गर्ने कम्पनी स्थापना गर्न बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रकृयालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकाले नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम यो ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका’ बनाई लागू गरेको छ भन्ने उल्लेख रहेको छ ।

निर्देशिकामा न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड र अधिकतम २ अर्ब रुपैयाँ हुनुपर्ने उल्लेख छ । १ अर्ब ५० करोड रुपैयाँ पुँजी हुने संस्थाले वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुहरु र २ अर्ब पुँजी भएका संस्थाले वस्तुविनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न पाउने छन् ।

वस्तु विनिमय बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले कम्तीमा ५१ प्रतिशत र बढीमा सत प्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनु पर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछन् । यो सँगै विदेशी रणनीतिक साझेदार संस्था भित्र्याउन बाटो खुला भएको छ ।

निर्देशिका पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७८ असार १५ मंगलवार १५:४६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...