back
NMB ad

जीडब्ल्यूएम प्रिमियम सभ र पिकअप वर्गका गाडीहरु नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड गे्रट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ ।बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको हो ।

नेपालमा आफ्नो उपस्थिति ग्रेट वाल मोटर्सले तीन गाडीहरुबाट सुरु गरिरहेको छ । नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको भिजी इम्पेक्स प्रालिसँग कार ब्रान्ड सम्बन्धि बिषेश अनुभव रहेको छ ।

दुई पक्षबिचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पु¥याउने कुरामा यस कम्पनी विश्वस्त छ । ग्रेट वालले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पु¥याउनेछ र बजारको मागलाई गाइड गर्नेछ ।

ग्रेट वाल मोटर्सको सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ र ग्राहकहरुलाई देशभर एक प्रीमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको छ ।

अहिलेको परिस्थिति सहज भएपछि ग्रेट वाल मोटसले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार बिस्तार गर्नेछ र चाँडै नै अत्याधुनिक सेवा केन्द्र सुचारु पनि रहेको छ ।

निकट भविष्यमा ग्रेट वाल मोटसले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार, ओआरए आरवान नेपालीबजारमा ल्याउने योजना बनाएको छ । जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ । साथै कम्पनिले जीडब्ल्यूएमको लोकप्रिय गाडी वीनजल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ।

वि.सं.२०७८ असार १६ बुधवार १८:१२ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...