back
NMB ad

नेविसंघले लखेको नारा काठमाडौं महानगरले मेटाइदियो

Kumari bank ad

काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ ।

‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भन्नुभयो, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ । त्यहि अनुसार नै ती अभन्द्र नारा मेटाएका हौँ ।’

कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौँ महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभन्द्र नारा लेखेर विरोध गरेका थिएँ ।

‘२०७० सालमा आएर हामीले ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ,’ सापकाटोले भन्नुभयो, ‘त्यसै अनुरुप हामीले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ । त्यसमा सचेत छौँ र कार्यान्वयन पनि गर्दै आएका छौँ ।’

उहाँले आजका दिनमा आएर भित्तामा चित्र बनाउने कुराहरु दुर्लभ भएको बताउनुभयो । ‘भित्ते लेखनमै हामीले प्रतिबन्ध गरेका छौ भनेपछि त्यो वा ऊ भनेर व्यख्या गर्न आवश्यक भएन,’ उहाँले भन्नुभयो, ‘प्रतिबन्धित ठाउँमा कसैले जानेर वा नजानेर त्यस्ता कार्य गर्छ भन्ने हामी तत्काल रोक लगाउँछौँ । केही दिन अघि पनि हामीले त्यहि स्थानमा कोरेका चित्र मेटाएका हौँ । आजका अभन्द्र नारा पनि मेटाइदियौँ ।’

उहाँले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उहाँले जानकारी दिनुभयो । ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीति अनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’

उहाँले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिनुभयो ।

‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति सम्मान गर्दै आज उहाँहरुले भित्तेचित्र बनाउनुभयो,’ सापकोटाले भन्नुभयो, ‘भोलि राजनीतिक दल, भ्रातृ संगठन र अन्य संघ–संस्थाले पनि उहाँहरुले बनाउनुभयो हामीले पनि बनाउन पाउनुपर्छ भन्ने आउनुभयो भने के भन्ने । त्यसैले यो प्रतिबन्धित काम हो । कसैले गर्न पाउँदैनन् ।’नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो ।

वि.सं.२०७८ असार १८ शुक्रवार १६:५३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...