back
NMB ad

बीमा समितिले सुरु गर्यो बीमा सचेतना कार्यक्रम

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बीमाको पुहँच ३३ प्रतिशत जनसंख्यामा पुर्याउने भनेपछि बीमा समिति देशब्यापी सचेतना अभियानमा जुटेको छ ।

अहिले  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम चलिरहेको छ ।

दुवै पालिकामा जनप्रतिनिधि, पत्रकार, महिला समूह, उद्योग वाणिज्य संघ, बीमकका शाखा प्रमुख प्रतिनिधिहरु, वित्तीय संस्थाको प्रतिनिधिहरु, कृषक प्राविधिक, अगुवा कृषहरु तथा सरोकारवाला निकायलाई राखेर सचेतना कार्यक्रम भएको बीमा समितिका सहायक निर्देशक पूर्ण थापाले बताउनुभयो ।

सचेतना कार्यक्रममा जीवन बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, कृषि बीमाका विषयमा छलफल भएको छ । सचेतना कार्यक्रममा समितिले

आवश्यकताकमा आधारमा सबैखाले बीमा गरेर लाभ लिनको लागि न्यून आए भएका मानिस, कृषक लगायत सबैलाई आग्रह गरेको छ । अहिले गाउँ गाउँमा बाली बीमाको समस्या रहेको छ । अब सबैले बीमा बीमामा पनि सहभागी हुन र बीमा कम्पनीलाई पनि यसमा ध्यान दिनको लागि सचेतना कार्यक्रममा आग्रह गरिएको छ ।

कार्यक्रममा बीमा समितिका अधिकारीहरुले बीमाको लागि सरकारले दिएको सहुलियतको बारेमा पनि जानकारी गराइएको छ । यसको लागि जिल्लामा रहेका शाखा कार्यालयहरुलाई पनि अधिकतम मानिसलाई बीमाको दायरामा ल्याउन, त्यसको लागि सचेतना गर्न गराउन भनिएको छ ।

बीमा समितिले यी दुई पालिकाबाट सचेतना कार्यक्रम सुरु गरेको छ । आगामी आव भरी नै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १२:२९ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...