back
NMB ad

ढकालको मुक्तिनाथ कृषि कम्पनीसहित १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

Kumari bank ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न १५ निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई २ वर्षसम्मको लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयका अनुसार ४ वटा कम्पनीलाई २ वर्ष र बाँकी कम्पनीलाई १ वर्षको लागि कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राखेको अवधिभर कुनै खरिद कारबाहीमा भाग नलिन आग्रह गरेको छ ।

कार्यालयले कालो सूचीमा राख्न आग्रह गर्ने निकाय र निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुको नाम र कालो सूचीमा राखेको अवधि सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार सोनिका अग्रवालको पूजा ट्रेडिङ एन्ड अर्ड सप्लायर्स, निकेश अधिकारीको शैलुङ इन्टरप्राइजेज, विभत्सु थापाको डिएमएस बुट इन्डिस्ट्रिज र भरतराज ढकालको मुक्तिनाथ कृषि कम्पनीलाई २ वर्षका लागि कालो सूचीमा राखिको सूचनामा उल्लेख छ ।

यस्तै खगेन्द्र निरोलको फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेज, शान्ता थापाको हिमालय कन्स्ट्रक्सन, हिरामणि पौडेलको सन्देश सौगात ट्रेड सप्लायर्स, पूर्ण बहादुर बस्नेतको चुन चुन फार्मेसी, लक्ष्मीकला महतको गुरा निर्माण सेवालाई एक वर्षको लागि कालो सूचीमा राखेको छ ।

यस्तै बीएन महतोको कमला पोलिथिन एण्ड प्लास्टिक इन्ड्रस्टिज, अशोक गोयलको अम्बा स्टोर, मनोज शाही ठकुरीको निजर स्टिल फर्निचर उद्योग, हेमन्तबहादुर खड्काको न्यू सिद्ध देउराली ट्रेडर्स, पासाङ लामाको सोयाङ निर्माण सेवा र भलबहादुर राईको एसपी निर्माण सेवालाई १ वर्षका लागि कालो सूचीमा राखेको कार्यालयले जनाएको छ ।

असार २१ गतेको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १५ वटा निर्माण व्यवसायी-आपुर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १३:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...