back
NMB ad

कोरोना अवधिमा पनि विदेशमा नेपाली कामदारको माग उच्च, मलेसिया र साउदीमा शव अलपत्र

Kumari bank ad

काठमाडौं । रोजगारीका क्रममा मलेसिया तथा साउदीमा पुगेर निधन भएका नेपाली कामदारको शव ल्याउन निकै समस्या भएको छ ।

ती देशका श्रम सहचारीका अनुसार हवाई उडानका कारण ती देशबाट नेपाली कामदारको नेपाल पठाउन समस्या भएको हो । अहिले मलेसियामा ५२ जना र साउदीमा २५ जना नेपालीको शव रहेको छ ।

दुवै देशका श्रम सहचारीका अनुसार नेपालबाट न्यारोबडीको जहाज जाने र ती जहाजमा एक पटकमा एक जना वा दुई जनाको भन्दा बढी शव नेपालमा पठाउन समस्या भएका कारण धेरै शव बाँकी रहेका हुन् ।

यता संयुक्त अरब इमिरेट्स (यूएई) मा भने वाइडबढी नै उडान हुने भएका कारण शव बाँकी नरहको त्यहाँको लागि श्रम सहचारी निर्मला थापाले बताउनुभयो । उहाँका अनुसार यूएईमा कोरोनाका कारण निधन भएका एक जना नेपालीको मात्रै शव रहेको छ ।

मलेसियाका लागि श्रम सहचारी दिपक ढकालका अनुसार अहिले ५२ वटा शव रहेको छ । हवाई समस्याका कारण शवको क्यू लाग्ने गरेको उहाँको भनाई छ । हाल सातामा ३ वटा उडान हुने र न्यारोबढी जहाज भएकाले एक पटकमा १ वटा मात्रै शव नेपालमा पठाउन सकेको जानकारी गराउनु भयो । वाइडबढीले उडाँन भर्ने हो भने एक पटकमा १६, १७ जनाको शव ल्याउँदा करिब ४ उडानमा सबै शव नेपालमा फर्काउन सकिने उहाँको भनाई छ । मलेसियामा १ वर्षमा १५० जना भन्दा बढीका निधन भएको छ ।

उहाँका अनुसार मलेसियामा नेपाली कामदारको माग भएपनि कोरोनाका कारण त्यहाँको सरकारले खोल्न चाहेको छैन । बरु अहिले मलेसियामा रहेका नेपाली नेपाल आउन धेरैले चाहेको उहाँको भनाई छ । सातामा ३ उडान हुने र अहिले तीन साताको लागि उडान प्याक भएको र टिकट पनि महंगो भएको उहाँको भनाई छ ।

मलेसिया महामारीको दर हेरेर मात्रै कामदार लिने नलिने योजनामा रहेको उहाँको भनाई छ । डिसेम्बरदेखि नर्मल भयो भने कमदार लिने अपेक्षा भएपनि त्यो हुन नसकेको ढकालले जानकारी गराउनु भयो ।

यूएईकी श्रम सहचारी निर्मला थापाका अनुसार यूएईले भने तत्कालै कामदार नलिने नीति लिएको छ । जुलाइसम्म कामदार नल्याउने नीति लिएको र अहिले बिदामा नेपालमा रहेका कामदार ल्याउन समस्या भएको उहाँको भनाई छ । उहाँका अनुसार २९ हजार कामदारको मागपत्र स्वीकार भएको तर कोरोनाका कारण रोकिएको छ ।
यूएईमा रोजगारीको लागि कसैलाई भिषा जारी नगरेका कारण खोप लाउने नलाउनेलाई आउन दिने विषयमा निर्णय नभएको उहाँको भनाई छ ।

तर साउदी अरबका श्रम सहचारी जीवन राईका अनुसार अहिले साउदीमा २५ जना कामदारको शव रहेको छ । वलाइडबढी जहाज आएमा २ फ्लाइटमा सबै शव ल्याउन सकिने तर शयारो बढीका जहाज मात्रै जाने भएका कारण एक फ्लाइटमा बढीमा २ जना वा १ जना मात्रै ल्याउन सकिने गरेका कारण समय लागेको बताउनुभयो ।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले सहजै टिकट पाउन समस्या हुने गरेको जानकारी गराउनु भयो । बिमान कम भएका कारण पनि खर्च बढेको उहाँको भनाई छ । साउदी जानेले त्यहाँको सरकारले नै होटल तोकेको क्वारेन्टाइनको व्यवस्था गरेको बताउनुभयो । त्यहाँ १०० भन्दा बढी क्वारेन्टाइन तोकेको र खर्च आफैले व्यहोर्ने भनिएको छ ।

उहाँका अनुसार अहिलेसम्म ३६ सय फाइलाबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणिकरण भएको छ । साउदीमा नेपालीको माग राम्रो रहेको उहाँको भनाई छ । अहिले मलेसियामा स्थगन भएको, यूएईमा कोटो सिमित भएको कारण साउदीमा माग बढेको हो । माग बढी लेबर नै हुने गरेको छ ।

उहाँका अनुसार साउदीबाट एक जनाको लागि २१ हजार साउदी रियाल तलबको लागि कम्प्युटर प्रोग्रामरको माग आएको छ । त्यो भनेको नेपाली ७ लाख भन्दा बढी हो । त्यस्ता थोरै माग आउने र नेपालीहरु अदक्ष भन्दा पनि अर्ध दक्ष र दक्ष कामदार बढी लैजान प्रयास गर्नुपर्ने उहाँको तर्क छ ।

वि.सं.२०७८ असार २३ बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...