back
NMB ad

बैंकले ११ महिनामा कमाए ६२ अर्ब ३६ करोड नाफा, कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६२ अर्ब ३६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले जेठ मसान्तसम्म ६२ अर्ब ३६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ४ अर्ब ४३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ४ अर्ब ३० करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल बैंकले २ अर्ब ८१ करोड ५३ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड ५१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक १ अर्ब ४६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै हिमालयन बैंकले ११ महिनाको अवधिमा १ अर्ब ५९ करोड ६७ लाख, नेपाल एसबीआइ बैंकले १ अर्ब १० करोड ७२ लाख, नेपाल बंगलादेश बैकले १ अर्ब ९९ करोड ५५ लाख, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड ९१ लाख, बैंक अफ काठमाण्डूले १ अर्ब ७४ करोड ३४ लाख, माछापुच्छ्र्रे बैंक १ अर्ब ६७ करोड ८९ लाख, एनसीसी बैंकले १ अर्ब ३८ करोड ५७ लाख र एनआइसी एशिया बैंक ३ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकले ११ महिनाको अवधिमा २ अर्ब १० करोड ५ लाख, लक्ष्मी बैंक १ अर्ब ४९ करोड २८ लाख, सिद्धार्थ बैंकले २ अर्ब ६८ करोड ८५ लाख, कृषि विकास बैंकले २ अर्ब ६६ करोड १० लाख, ग्लोबल आइएमई बैंकले ४ अर्ब ३० करोड ६२ लाख, सिटिजन्स बैंकले १ अर्ब ७६ करोड १२ लाख, प्राइम बैंकले ३ अर्ब ४२ करोड ९० लाख, सनराइज बैंकले १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै एनएमबि बैंकले २ अर्ब ९८ करोड १२ लाख, प्रभु बैंकले २ अर्ब ४८ करोड २९ लाख, मेगा बैंकले २ अर्ब ४७ करोड ७२ लाख, सिभिल बैंकले ६० करोड २१ लाख, सेञ्चुरी बैंकले ५३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै सानिमा बैंकले २ अर्ब २५ करोड ७५ लाख, रुपैयाँ पुर्याएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १२:४९ मा प्रकाशित

You can share this post!

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...