back
NMB ad

बोर्डले ५१ वटा कम्पनीको नाम निकालेर गल्ति गर्यो, ब्रोकर कमिशन घटाउनु, बैंकलाई ब्रोकर लाईसेन्स दिनुः अध्यक्ष रौनियार

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोलेलाल रौनियारले तत्कालै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन र ब्रोकर कमशिन घटाउन आग्रह गर्नुभएको छ ।

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सुझाव लिन आयोजना गरेको कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले पुँजी बजारको विकास गर्नको लागि ७५३ स्थानमा बैंकका सहायक कम्पनी जान दिनुपर्ने बताउनुभयो ।

उहाँले यथासिर्घ बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिएर बजारको विकास आवश्यकमा लाग्न आग्रह गर्नुभएको छ । यसअघि बोर्डले ब्रोकर कमशिन ०।२७ देखि ०।४० प्रतिशतसम्म मात्रै घटाएको र त्यसले लगानीकर्तालाई हर्ष न विस्मात बनाएको बताउनुभयो ।

उहाँले बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेर गल्ती गरेको धारणा राख्नुभयो । त्यसले बजारमा असर परेको उहाँको तर्क छ ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले पुँजी बजारले देशको अर्थतन्त्रलाई र देशको राजस्वमा निकै योगदान दिएको जानकारी गराउनुभयो ।

पुँजीबजारमा अनावश्यक पैसा आयो भन्नु भन्दा पनि नियामकले आफ्नो काम गर्नुपर्ने उहाँको भनाई छ । बोर्डले लगानीकर्ताको सम्पतिको सुरक्षा कसरी गर्ने भन्नेमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पनि ब्रोकर कमिशन, सेबोन कमिशन घटाउन आग्रह गर्नुभयो ।

अहिलेपनि लगानीकर्ता क्लोज आउटको मसस्या रहेको भन्दै त्यो समस्या समाधन गर्न आग्रह गर्नुभयो । अध्यक्ष अर्यालले अहिलेको इन्डेक्स नमिलेको र इन्डेक्समा पुनरावलोकन गर्ने हो भने बजार धेरै तल जाने धारणा राख्नुभयो ।

उहाँले कम्पनीले हकप्रद सेयर जारी गर्दा कसैलाई पनि असर नपर्ने र कम्पनी आर्थिक अवस्थालाई सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो ।

वि.सं.२०७८ असार २५ शुक्रवार १७:२१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...