back
NMB ad

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे १२ अर्ब

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु भएको छ ।

बैंकले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको फाइनान्सलाई प्राप्ती गरेपछिको एकीकृत कारोबार सुरु गरेको हो । बैंकका सञ्चालक समिति अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गर्नुृभएको हो ।

असार २५ गते सम्मको तथ्यांक अनुसार बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्ती पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । प्राप्तिपछि बैंकको ग्राहक सङ्ख्या करिब १२ लाख पुगेकोछ ।

हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा फाइनान्स प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् । सहमति अनुसार, सिर्जनाका शेयरधनीले १०० कित्ता शेयर बराबर बैंकको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ती पछिको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गर्नुभयो । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गर्नुभयो ।

प्राप्तीबाट फाइनान्सका ग्राहकहरुले अझ बढी स्तरिय र परिस्कृत वित्तीय सेवाहरु प्राप्तिपछि बनेको बैंकको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने बताउनुभयो ।

साबिकको सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्सडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य बैंकमा अझ बढी सुरक्षित र उज्वल हुने बताउनुभयो ।

कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ती समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ती पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने बताउनुभयो ।

वि.सं.२०७८ असार २७ आइतवार १०:३० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...