back
NMB ad

एनआईसी एशिया, नबिल, नेपाल बैंक र निफ्रामा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्यो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । उक्त दिन बैंकिङ समूह ४४ अंकले वृद्धि भएको छ ।

आज सबैभन्दा बढी कारोबार गर्ने पनि बैंकिङ समूहहरु नै छन् । ८ अर्ब ६ करोड बढीको सेयर कारोबार हुँदा आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको खरिदबिक्री भएको छ ।

उक्त दिन बैंकको ३९ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन बैंकको ४ लाख १९ हजार ८४ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ९६४ रुपैयाँ रहेको छ ।

यस्तै, आज कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २५ करोड ८१ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको आज १ लाख ९२ हजार २९४ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ३४५ रुपैयाँ रहेको छ ।

आइतबार नेपाल बैंकको २४ करोड ४३ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ५ लाख ४९ हजार ३७७ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ रहेको छ ।

त्यसैगरि, आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक( निफ्रा)मा पनि लगानीकर्ता झुम्मिएका छन् । आज बैंकको १८ करोड ७८ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको ३ लाख ७३ हजार ३२९ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ५११ रुपैयाँ रहेको छ ।

यी बैंकसहित आज मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख ५१ हजार, हिमालयन हिस्टीलरीको १७ करोड ६२ लाख ६८ हजार, छिमेक लघुवित्त विकास बैंकको १७ करोड ४३ लाख १८ हजार, ज्योति विकास बैंकको १७ करोड १२ लाख ९१ हजार रुपैयाँको सेयर काराबोर भएको छ ।

यी हुन् आज सबैभन्दा बढी सेयर कारोबार गर्ने कम्पनीहरु :

वि.सं.२०७८ असार २७ आइतवार १५:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...