back
NMB ad

महानगरले सनकको भरमा बसपार्क बन्द गर्दा हजारौं यात्रुलाई सास्ती, हावादारी निर्णय हटाएर तत्काल उत्तम बिकल्प चाहियो : महासचिव सिटौला

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिना योजना खुल्ला मञ्चमा रहेको अस्थायी पुरानो बसपार्कलाई भत्काउँदा अहिले लाखौ यात्रुले समस्या भोगिरहेका छन् ।

महानगरपालिकाले पुराना बसपार्क भित्र रहेको पसल हटाउन पटक पटक प्रयास गर्यो । जति नै प्रयास गरेपनि त्यो सफल हुन नसकेपछि बसपार्क नै हटाएर अहिले तालाबन्दी गरेर राखेको छ ।

महानगरपालिकाले खुल्ला मञ्चमा रहेको बसपार्क बन्द गरेर राख्दा पहिला दैनिक बसपार्कहुँदै गुड्ने ६ सय भन्दा बढी सवारी साधान अहिले कसरी चल्ने भन्ने अन्योलमा परेका छन् । बसपार्कबाट उपत्यका भित्रको विभिन्न रुटहरु जसमा बासपर्क हुँदै बनेपा, पनौती, भक्तपुर, ललितपुरका विभिन्न स्थान, कलंकी, थानकोट, चन्द्रागिरी, किर्तीपुर, बल्खु, साँखु, बौद्ध जोरपाटी लगायतका रुटमा गाडि चल्ने गरेका थिए ।

यस्तै बसपार्कबाट लामो दुरीका रुटमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापका गाडिहरु चल्ने गरेका थिए । अहिले ती रुटमा यात्रा गर्ने यात्रुलाई कहाँबाट चढने वा कहाँ ओर्लने भन्ने नै अन्योलमा परेका छन् । अहिले बसपार्क हटाएपछि बनेपा, पनौती जाने यात्रुहरु जो बसपार्कबाट गाडि चढने गरेका थिए, अहिले उनीहरु कोटेश्वरसम्म एउटा गाडि र कोटेश्वरबाट अर्को गाडिमा आवतजावत गर्ने गरेका छन् ।

पहिलाको पुरानो बसपार्कमा भ्यू टावर बनाउने भनेर त्यहाँको बसपार्कलाई हटाएर खुल्लामञ्चमा सारियो । त्यहाँपनि महानगर आफैले डोजर लगाएर टिकट काउन्टर भत्काएर ताला लगाएर बन्द गरेको छ । महानगरपालिकाले बैशाख ९ गते खुलामञ्च खाली गराई त्यहाँका संरचना हटाउने निर्णय गरेर बैशाख १५ गतेदेखि बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गर्यो ।

विश्वव्यापी रुपमा फैलिकएको कोरोना महामारीको दोस्रो लहरका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरु निषेधाज्ञा जारी भयो । त्यसअवधिमा लामो तथा छोटा दुुरीका सवारी साधान पूर्ण रुपमा बन्द नै भए । कोरोना महामारी कम हुँदै गएपछि विस्तारै निषेधाज्ञा खुकुलो हुँदै गयो । अहिले जोर बिजोर प्रणालीबाट लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु गुडिरहेका छन् । तर यात्रुलाई आफ्नो गन्तव्यमा जानको लागि कहाँबाट गाडि चढने कहाँ ओर्लने भन्ने नै थाहा छैन ।

आइतबार बिहान बनेपा जान लाग्नुभएकी सुमित्रा कसजु मुलपानी जाने गाडिमा भेटिनुभयो । उहाँले गाडिको सहचालकलाई प्रश्न गर्नुभयो ‘बाबु अहिले बनेपा जाने गाडि कहाँबाट पाँउछ, बसपार्क बन्द रहेछ, रत्नपार्कमा पुलिसले रोक्न दिएन अनी मत यसमा चढेको ?
उहाँको प्रश्न सकिन नपाउँदै सहचालकले जवाफ दिनुभयो ‘हो आमै अहिले जोरविजोर मात्रै चल्ने भएर धेरै गाडि आउँदैनन् आएका पनि सुन्धारामा ओराल्ने र चढाउने गर्छन, त्यहाँ नभए माइतिघर पुग्नुपर्छ । अहिले तपाईको जस्तो गुनासो धेरैले गर्छन् । हामीचै पहिला देखि नै रत्नपार्कबाट टिप गर्ने भएकोले समस्या छैन ।’ सहचालकले हाँस्दै उहाँसँग भने ‘भने तपाईहरु रिसाउनु हुन्छ, दोहोरो गाडि चढ्दा कुर्न पर्ला, भाडा दोहोरो तिर्नुपर्ला तर हामीलाई भने फाइदा नै छ ।’

सहचालकले यति भन्दा गाडि कोटेश्वरको जाममा पर्यो । त्यहाँ आफ्नो नाम सुमित्रा कसजु बताउने एक जना महिला उत्रेर अर्को गाडिमा बनेपा जानु भयो । सुमित्रा एक पात्र मात्रै हो । अहिले उपत्यकामा बसपार्कबाट यात्रा गर्ने कयौं यात्रुले यही खालको सास्ती भोग्नु परेको छ ।कामनपाले बसपार्कलाई भत्यकाउँदा छोटो मात्रै नभएर लामो दुरिमा यात्रा गर्ने यात्रुलाई पनि निकै समस्या परेको अरनिको यातायात सेवा समितिको अध्यक्ष श्याम लामाले बताउनुभयो । ‘काठमाडौं महानगरले आफै बनाईदिनु पर्ने बेलामा लकडाउनको मौका छोपेर भएको बसपार्क पनि भत्काईदियो’ अध्यक्ष लामाले भन्नुभयो ‘अहिले यात्रु गाँउ जान कहाँबाट गाडि चढने, गँउबाट आउँदा कहाँ उत्रने भन्ने अन्योलमा छन् ।’

लामोदुरीमा यात्रा गर्ने यात्रुलाई भनेको ठाउँमा चढ्न, उत्रन, टिकट काट्न धेरै नै समस्या भएको उहाँको भनाई छ । ‘महानगरले अर्को विकल्प नदिँदा यात्रुलाई आफु घरजाने गाडि कहाँबाट लाग्छ ? टिकट कहाँ काट्ने ? केही थाहा नै छैन’ उहाँले भन्नुभयो ‘अहिले महानगरपालिकाको कारण पुरै अस्तव्यस्तभयो ।’

महानगरले पुरानो बसपार्कबाट चल्ने लामो दुरीका गाडिलाई नयाँ बसपार्कबाट यात्रु ओसार पसार गर्नु भनेपछि पूर्वमा अर्थात अरनिको राजमार्गको लामोदुरीमा चल्ने गाडिलाई निकै असहज भएको छ । काभ्रे, दोलखा, सिन्धुपाल्चोक रामेछाप ओखढुंगा लगायत जिल्लामा जाने यात्रुलाई नयाँ बसपार्कबाट यात्रा गर्दा उल्टो पर्ने उहाँको भनाई छ ।

यद्यपि, अब तत्काल अर्को व्यवस्था नभएसम्म काठमाडौं महानगरले संचालन गर्न दिने आशामा आफू रहेको अध्यक्ष लामाले बताउनुभयो । त्यसका लागि समितिले पटक पटक महानगरपालिका, र वडा–२६ लाई ध्यानाकर्षण समेत गराएको उहाँले बताउनुभयो ।

बसर्पाक हटाएपछि काठमाडौं उपत्यका भित्र संचालन हुने सवारीका लागि पिक एण्ड ड्रप प्रणालीबाट सवारी चल्ने दिने नीति रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । सबै नागरिकको आवाज सुनुवाई हुने ठाउँ, सबैले भनाई राख्ने ठाउँको रुपमा रहेको खुलामञ्च अतिक्रमण भएको, व्यवसायिक रुपमा बढी प्रयोग भएको भन्ने आलोचना र गुनासो आएको भन्दै काठमाडौं महानगरले खुलामञ्चबाट बसपार्क हटाएको उहाँको दाबी छ ।

‘अहिले थानकोट कीर्तिपुरसहित उपत्यकाभित्र चल्ने सवारी पिक एण्ड ड्रप प्रणालीमै संचालन हुन्छ’ उहाँले भन्नुभयो, ‘बनेपा, धुलिखेल लगायतका मध्यमदुरीका सवारी भने गोङ्गबु बर्सपाकबाटै संचालन हन्छ ।’

यता यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले काठमाडौं महानगरपालिकाले हावादारी निर्णय गरेकाले यात्रुलाई समस्या परेको बताउनुभयो । बसपार्क भत्काएपछि कहाँ लगेर व्यवस्था गर्न सकिन्छ भन्ने नसोचि, विल्कल्प नै नदिइ महानगरले अव्यवहारिक ढंगबाट काम गर्दा यात्रुले धेरै नै समस्या भोग्नु परेको उहाँको आरोप छ । महानगरले दुरदर्शी ढंगले नसोच्दा यात्रु तथा व्यवसायीहरुलाई दुःख दिने काम भएको उहाँको भनाई छ । यो विषयमा महानगरलाई पटक–पटक समितिले ध्यानाकर्षण गराएको र सुझाव दिएपनि वेवास्ता गरेको उहाँको दाबी छ ।

‘बसपार्क हटाउँदै गर्दा अर्को विकल्प दिएको खोई ? अब महानगरले सबैलाई सहज हुने गरि दुरदर्शी निर्णय गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘महानगरले सर्वसाधारण र व्यवासायीहरुलाई बिरालोले मुसो खेलाएजस्तो खेलाएको छ ।’ अबका दिनमा व्यवस्थित ढंगबाट दिर्घकालिन रुपमा संचालन हुने गरी बसपार्क निर्माण गर्नुपर्ने उहाँको भनाई छ । महानगरले रिङरोडमा गाडि राख्न बाध्य बनाउने अनि ट्राफिकलाई चिट काट्न लगाउने कार्य गरेको भन्दै सम्बन्धित ठाउँ पहिचान गरी व्यवस्थित ढंगबाट संचालन गर्नुपर्ने उहाँको भनाई छ ।

वि.सं.२०७८ असार २७ आइतवार १९:१४ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...