back
NMB ad

पुँजीबजार मैत्री अर्थमन्त्री बाहिरिन लाग्दा सेयर बजारमा भारी गिरावट

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली काँग्रेसका सभापति सेयर बहादुर देउवालाई सरकारको नेतृत्व गर्न परमादेश दिएलगत्तै त्यसको असर पुँजी बजारमा देखिएको छ ।

सर्वोच्चको आदेशसँगै ओली नेतृत्वको सरकार ढलेको छ । जसको असर बजारमा देखिएको छ । ओली सरकारको अर्थमन्त्री बिष्णु प्रसाद पौडेल सेयर बजारले निकै रुचाईएका मन्त्री हुन ।

पौडेल यसअघि मन्त्री हुँदा सेयर बजारले १८८१.१२ अंकमा पुगेर रेकर्ड राखेको थियो । त्यो रेकर्ड जेठ ३१ गते तोडिएर अहिलेसम्मकै ३०२५ बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसपछि बजार पुन फर्केको छ ।

आइतबार दोहोरो अंकले बढेको सेयर बजारमा सोमबार सोही अनुरुपमा गिरावट आएको छ । कारोबारको सुरुदेखि नै गिरावट देखिएको बजार अन्तिम समयसम्म पनि फर्कन सकेन ।

नेप्से मापन गर्ने सूचक ४४.९८ अंकले घटेर परिसूचक २८५४.८४ बिन्दुमा रोकिँदा करोबार रकम भने निकै बढेको छ । यो दिन २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९ अर्ब ९८ करोड २६ लाख ५२६ रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबारको कारोबारमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहको उपसूचक २२.५, होटल १०६.८८, विकास बैंक ९७.९७, जलविद्युत ६०.१३, निर्जीबन बीमा २४०.७१, उत्पादन तथा प्रशोधन ११८.५४, माइक्रोफाइनान्स ७२.५२, जीबन बीमा समूहको उपसूचकमा २५४.६७ अंकको गिरावट देखिएको छ ।

वि.सं.२०७८ असार २८ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...