काठमाडौं । मंगलबार सेयर बजार १६.३४ अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार परिसुचक २८७१.०३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार बढी कमाउनेहरुमा फाइनान्स कम्पनीका लगानीकर्ताहरु छन् । आज फाइनान्स कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन सेन्ट्रल फाइनान्सको सेयर ६.९८ प्रतिशत, समृद्धि फाइनान्स ६.७९ प्रतिशत, मञ्जुश्री फाइनान्सको ६.६६ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ६.६ प्रतिशत, प्रगोसिभ फाइनान्स ६.५९ प्रतिशत, आईसीएफसी फाइनान्सको ६.५२ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ असार २९ मंगलवार १५:२० मा प्रकाशित