back
NMB ad

नौ वटा बैंकको नयाँ ब्याजदर : कुन महंगो, कुन सस्तो ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम आगामी आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनको ब्याजदर सार्वजनिक गरिरहेका छन् । आजै पनि विभिन्न बैंकहरुले साउन १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार आगामी महिनाको ब्याजदर यही महिनाको मसान्तसम्म सार्वजनिक गरिसक्नुपर्ने छ । जसले गर्दा बैंकहरुले वैशाखको ब्याजदर सार्वजनिक गरेका हुन् ।

माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा न्यूनतम २.०५ देखि ४ प्रतिशतसम्म रहेको छ । यस्तै मुद्दती निक्षेपमामा व्यक्तिगत तर्फ ७.०५ र संस्थागत तर्फ ७ प्रतिशत ब्याज पाइने छ ।
बैंकका अनुसार जेठसम्मको आधारदर ६.८९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.८९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नबिल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नबिल बैंकले बचतमा न्यूनतम १.५१ देखि अधिकतम ३.५१ प्रतिशतसम्म रहेको छ ।
यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ५.०१ देखि ६.५१ प्रतिशत र संस्थागत तर्फ ४.०१ देखि ६.५१ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकको जेठसम्मको आधारदर ५.७१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.७१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एभरेष्ट बैंकले पनि भोलीदेखी लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका बचत खातामा न्यूनतम २.५० देखि अधिकतम ४ प्रतिशत रहेको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ६ देखि ७ र संस्थागत तर्फ ६ देखि ७.५० प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको जेठ महिनासम्मको आधारदर ५.८९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १०.८९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नेपाल बंगलादेश बैंकले पनि भोलीदेखी लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अुनसार बचत खातामा न्यूनतम २.५० देखि अधिकतम ३.५० प्रतिशतसम्म रहेको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ७.५० र संस्थागत तर्फ ७.२५ देखि ७.५० प्रतिशतसम्म ब्याज पाइने छ ।

सिद्धार्थ बैंकले साउन १ गतेदेखी लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अुनसार बचत खातामा न्यूनतम २.५ देखि अधिकतम ४ प्रतिशतसम्म रहेको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ७ र संस्थागत तर्फ ७ देखि ७.५ प्रतिशतसम्म ब्याज पाइने छ । जेठसम्म बैंकको आधारदर ६.६९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

कुमारी बैंकको मुद्दति निक्षेपमा ६ देखि ८ प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकको व्यक्तिगत तर्फ ६ देखि ७.६५ र संस्थागत तर्फ ६ ८ प्रतिशतसम्म रहेको छ ।

हाल बैंकको बचत तर्फ न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । जेठसम्म बैंकको बेस रेट ७.४० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा न्यूनतम २.५० देखि अभिकतम ४.५० प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै मुद्दती निक्षेपमा ६.५० देखि ७.८० प्रतिशतसम्म ब्याज पाइने छ । बैंकले कर्जा लिँदा बेसरेटमा ५ प्रतिशतसम्म थपेर कर्जा दिने जनाएको छ ।

सनराइज बैंकले साउन १ गतेदेखि लागू हुनेगरी प्रकाशित गरेको ब्याजदरमा बचत तर्फ न्यूनतम २.५७ देखि अधिकतम ४ प्रतिशतसम्म रहेको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ७ देखि ७.५० र संस्थागत तर्फ ६.५० देखि ७.५७ प्रतिशतसम्म रहेको छ । जेठ मसान्तसम्म बैंकको आधारदर ६.७२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.७२ सम्म ब्याज लाग्ने छ ।

यस्तै एसबीआई बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार बचतमा ३.०१ प्रतिशत ब्याजदर रहेको छ भने मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ३.०१ देखि ८ प्रतिशतसम्म ब्याज पाइने छ । संस्थागत तर्फ भने ३.०१ देखि ८.०१ प्रतिशतसम्म रहेको छ ।
जेठसम्म बैंकको आधारदर ७.३८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.३८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १७:०८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...