back
NMB ad

पुनर्बीमा कम्पनीको नाफा १.५ % ले बढ्यो

Kumari bank ad

काठमाडौैं । अन्य कम्पनीले चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्ने बेल नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले यो अवधिमा ९२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसमा निर्जीवन बिमा व्यवसायतर्फ ८२ करोड ४७ लाख र जीवन बिमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय अवस्थामा उल्लेख छ ।

कम्पनीले गत आवको सोही अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । जसमा निर्जीवनतर्फ ८२ करोड ५० लाख र जीवन बिमातर्फ ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको नाफा १.५ प्रतिशतले बढेको छ ।
चालु आवको तेस्रो त्रैमासको विवरण हेर्दा निर्जीवन बिमातर्फ नाफा घटेको छ भने जीवन बिमा तर्फको नाफा बढेको छ ।

यो अवधिमा निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको निर्जीवन तर्फको जगेडा कोषमा २ अर्ब ७३ करोड र जीवन बिमातर्फ ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...