काठमाडौं । ङादी ग्रुप पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
प्रतिकित्ता ५७ रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ६२७ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ बैंकको सेयर मूल्य ८.९३ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिकित्ता ४५ रुपैयाँले बढेर ५४९ पुगेको छ ।
सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँले बढेर ४७० पुगेको छ ।
त्यसैगरि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.४२ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतले वृद्धि भएको हो ।
हेर्नुहोस् कुनको कति पुग्यो ?
वि.सं.२०७८ साउन ३ आइतवार १२:५० मा प्रकाशित