back
NMB ad

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन : ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन विभिन्न ५ कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । उक्त दिन बजार ९७.२१ अंकले बढेको छ भने ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको ३ लाख १४ हजार ८८९ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य १ हजार २८१ रुपैयाँ रहेको छ ।

कारोबार कै आधारमा आज नबिल बैंक दोस्रो स्थानमा रहेको छ । उक्त दिन बैंकको ३८ लाख ६३ करोड ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ लाख ७२ हजार ४७६ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य १ हजार ४४० रुपैयाँ रहेको छ ।

यस्तै, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३७ करोड ६८ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको ७ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य ४७५ रुपैयाँ रहेको छ ।

त्यसैगरि एनआईसी एशिया बैंकको ३५ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको ३ लाख ४२ हजार ११४ कित्ताा र कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार ९९४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

एनआईसी एशिया बैंकको सेयर मूल्य १ हजार ६५ रुपैयाँ र कामना सेवाको सेयर मूल्य ६१९ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १५:५० मा प्रकाशित

You can share this post!

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...