back
NMB ad

सेयर ईडिआईएस गर्न नपाएर क्लोज आउटमा पर्ने चिन्तमा हुनुहुन्छ ? सिडिएससीले थप्दैछ समय

Kumari bank ad

काठमाडौं । सिडिएससीले पूँजीगत लाभकर गणनाको नयाँ व्यवस्था गरेसँगै मेरो सेयर सुस्त रुपमा चल्दा लगानीकर्ताले सेयर इडिआईएस गर्न समस्या भएको छ ।

लगानीकर्ताले एइडिआईएस गर्न समस्या भएको चौतर्फी गुनासो गरेपछि सिडिएससीले समय थप्ने भएको छ । लगानीकर्ताले आइतबार बिक्री गरेको सेयर सोमबार २ बजेसम्ममा इडिआइएस गरिसक्नुपर्ने थियो । मेरो सेयर राम्रोसँग नचलेका कारण ईडिआईएस हुन सकेको थिएन । समयमा नै ईडिआईएस गर्न नपाएका लगानीकर्ताका लागि सिडिएससीले समय थपेर भोली बिहान १० बजेसम्म ईडिआईएस गर्न सक्ने व्यवस्था गर्ने जनाएको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयरमा पहिला सामान्य समस्या देखिएपनि अहिले त्यो समस्या नरहेको र ईडिआईएस गर्ने समय पनि थप्ने बताउनुभयो । सिडिएससीका कारण कुनै पनि लगानीकर्ता क्लोजआउटमा नगर्ने उहाँको भनाई छ ।

प्रवक्ता न्यौपानेका अनुसार यो सूचना मेरो सेयरमा नै आउने छ । उहाँका अनुसार नयाँ व्यवस्थासँगै सिस्टम अपग्रेड गर्दा केही सुस्त भएपनि अहिले त्यो समस्या छैन । नयाँ सिस्टम अपग्रेड गरिएकोले त्यो सिस्टममा केही अप्टिमाइज भइरहेकोले सुस्त जस्तो देखिएपनि अहिले अप्टिमाइजको काम सकिन लागेको र अब पहिलाको भन्दा तिब्र गतिमा चल्ने उहाँको दाबी छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नै १ वर्ष भन्दा कम अवधिको सेयर बिक्री गर्दा ७.५ र १ वर्ष भन्दा बढी अवधिको सेयर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गरेको छ । त्यसको लागि सिस्टम बनाउँदा मेरो सेयर सुस्त देखिएको हो । सरकारले गरेको नयाँ व्यवस्थासँगै सिडिएससीले पनि मेरो सेयरमा उक्त व्यवस्था कार्यान्वयन गर्ने गरी थप गरेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार १८:३३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...