back
NMB ad

सरकारले छिटै राहत प्याकेज ल्याउँछ : अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले छिटै नै सरकारले राहत प्याकेजको कार्यक्रम ल्याउने जानकारी गराउनुभएको छ । उद्योग परिसंघको १८ औं बार्षिक साधारणसभामा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री शर्माले राहत प्याकेजको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको स्मरण गराउनुभयो । अर्थतन्त्रलाई पनि राहत भ्याक्सिन दुवै आवश्यक भएको भन्दै कोरोनाको भ्याक्सिन र राहत भ्याक्सिन सँगै लैजान आवश्यक रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा उहाँले २ खर्ब १५ अर्ब बढीको कृषि सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाली उत्पादनको अभियानलाई सफल बनाउन, मूल्यमा प्रतिस्पर्धा गरेर अभियानलाई सफल बनाउने जानकारी गराउनुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई परिणामुखी काम गर्न आग्रह गर्नुभएको छ ।

उहाँले कोरोका कारण अहिले जर्जर अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको हातेमालो आवश्यक रहेको र सोही अनुसार काम गर्ने बताउनुभयो । कार्यक्रममा उहाँले महामारीले सबै नेपालीलाई आत्मनिर्भर हुन सिकाएको जानकारी गराउनुभयो ।

‘मेकइट नेपाल’ अभियानले आयात घटाउने र निर्यात बढाउने काम गर्ने बताउनुभयो । उहाँले स्थानीय र प्रदेशमा साना तथा ठूला उद्योग आवश्यक रहेको र विषेश आर्थिक क्षेत्र (सेज)मा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको मुख्य योजना औद्योगिककरण तर्फ रहेको भन्दै सोही अनुसार काम भइरहेको जानकारी गराउनुभयो ।

वि.सं.२०७८ साउन ६ बुधवार १३:४० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...