back
NMB ad

राष्ट्र बैंकसहित १५ बैंकको पैसा चोर्ने ह्याकरको धम्की : नडराउनु तर सतर्क रहनु- राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । सिस्टम ह्याकरले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकबाट पैसा चोरी गर्ने धम्की दिएको छ । ह्याकरले त्यस्तो धम्की दिएपनि राष्ट्र बैंकले भने धम्कीको पछि नलाग्न, नडाराउन तर सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकका अधिकारीलाई फोन र इमेल मार्फत राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्ने धम्की आएको थियो । राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले यस्ता धम्कीको पछि नलाग्न तर सबैलाई सतर्क भने रहन आग्रह गर्नु भएको छ ।

ह्याकरले नेपाल राष्ट्र बैंकसहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्ने धम्की दिएको छ ।

बुधबार यस्तो धम्की आएलगत्तै राष्ट्र बैंकले आफ्नो सिस्टम चेक गरेको र आज पनि कार्यालय सुरु हुनु अगावै सिस्टमको परीक्षण गरेको र त्यस्तो कुनै समस्या नरहेको पोखरेलले बताउनुभयो ।

उक्त धम्की सँगै नाम किटान गरिएका सबै बैंक र राष्ट्र बैंकबाट इजाजत लिएका बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन भनिएको पोखरेलले अर्थतन्त्रलाई बताउनुभयो ।

‘हामीबाट लाईसेन्स लिनु भएका सबै बैंक तथा वित्तीय संस्थासँग कुराकानी भइरहेको छ’ उहाँले भन्नुभयो ‘उहाँहरु कसैको सिस्टममा पनि अहिलेसमम कुनै पनि समस्या आएको छैन, अहिलेसम्म सबैको सिस्टम सुरक्षित नै छ ।’

ह्याकरले इमेल नै गरेको भनेपनि कसैको पनि इमलेको इनबक्समा नआएको उहाँले जानकारी गराउनुभयो । इमेलमा आएको भने आईपी टे«स आउट गरेर कसले कहाँबाट पठाएको हो भन्ने थाहा पाइसक्ने भएपनि अहिलेसम्म इमेलमा नभएको पोखरेलको भनाई छ । ह्याकरले भने इमेल मार्फत २४ घण्टाको समय दिइएको छ ।

उहाँले यो सबै हल्ला मात्रै भएको र हल्ला भएजस्तो इमेल नआएको भन्दै सबैलाई सहज रुपमा कारोबार गर्न गराउन आग्रह गर्नुभयो ।
ह्याकरको इमेल आएको चर्चपछि राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो आइटी विभागलाई निकै सकृय बनाएका छन् । ह्याकरले नाम नै तोकेर इमेल पठाएको स्क्रिन सर्ट बाहिरिएपछि सबै सतर्क बनेका हुन् ।

वि.सं.२०७८ साउन ७ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...