back
NMB ad

एकवर्षमा कुन भन्सारबाट कति भयो आयात र निर्यात ? १० ठाँउबाट भएन निर्यात (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष कोरोना महामारीका बीचमा पनि १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यस्तै १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँ निर्यात भएको छ । यो अवधिमा आयात २८.६६ प्रतिशतले बढ्दा निर्यात ४४.४३ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार देशभरका २४ वटा भन्सार विभागबाट उक्त आयात हुँदा निर्यात भने १४ वटा भन्सारबाट मात्रै भएको छ ।
२४ वटा भन्सार नाकामा सबैभन्दा बढी आयात वीरगञ्जबाट भएको छ । वीरगञ्जबाट एक वर्षमा ५ खर्ब ११ अर्ब ७५ करोड ४४ लाख ८० हजार रुपैपाँको आयात हुँदा निर्यात ५३ अर्ब ६७ करोड ९३ लाख ४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

वस्तु तथा सेवा धेरै आयात गर्ने दोस्रो भन्सारमा भैरहवा रहेको छ । भैरहवा भन्सार नाकाबाट २ खर्ब ८१ अर्ब ६१ करोड ६० लाख ५३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने ६ अर्ब ६२ करोड ३३ लाख ६२ हजार रुपैयाँको निर्यात भएको छ ।

विभागका अनुसार १ खर्ब भन्दा बढी वस्तु तथा सेवा आयात गर्ने भन्सारमा बिराटनगर, १ खर्ब ८९ अर्ब ६५ करोड ५० लाख ७९ हजार, ड्राइपोर्ट १ खर्ब ८९ अर्ब ३८ करोड १९ लाख ६९ हजार रुपैयाँ र अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब ३७ करोड ३६ लाख ८० हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

सबै भन्दा कम राजबिराज भन्सार नाकाबाट १६ करोड ९० लाख ७७ हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा आयात भएको छ । विभागका अनुसार बिराटनगरबा ३६ अर्ब ७६ करोड १४ लाख ६५ हजार रुपैयाँको निर्यात भएको छ भने ड्राईपोर्टबाट २ अर्ब ६८ करोड ११ लाख २ हजार, अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ अर्ब ४१ करोड ४१ लाख १ हजार, नेपालगञ्जबाट २ अर्ब २४ करोड ५७ लाख ५८ हजार, मेची भन्सारबाट १२ अर्ब ६० करोड ८९ लाख २८ हजार, कैलालीबाट ५९ करोड २ लाख ७९ हजार, कृष्णनगरबाट ३३ करोड २२ लाख १३ हजार, सिधौलीबाट १४ करोड ६६ लाख ६० हजार, सर्लाहीबाट २ लाख ६१ हजार, कञ्चनपुरबाट ३ करोड १६ लाख ८९ हजार र गौरी नाकाबाट ८८ लाख ८८ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १० वटा भन्सारबाट निर्यात शून्य रहेको छ । जसमा रसुवा, तातोपानी, जलेश्वर, सुनसरी, जनकपुर, महेश्वर, ठाडी, सिराहा, भद्रपुर र राजविराज भन्सारबाट कुनै पनि वस्तु तथा सेवा निर्यात भएको छैन ।

वि.सं.२०७८ साउन ९ शनिवार १२:३५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...