back
NMB ad

बीमा समितिमा उजुरीको चाङ, बीमितलाई न्याय पाउनै मुस्किल

Kumari bank ad

काठमाडौं । बीमा कम्पनीहरुले भने अनुसार दाबी भुक्तानी नगर्ने, समयमा नै दाबी भुक्तानी नगर्ने गरेका कारण बीमा समितिमा पर्ने उजुरीको चाङ दैनिक बढिरहेको छ ।

बीमा समितिमा उजुरीको चाङ लाग्दै जाँदा र बीमा समिति आफैमा न्याय निरुपण गर्ने अर्धन्यायिक निकाय भएकोले उजुरीका फैसला गर्ने गरेको छ । तर प्रभावकारी रुपमा भने हुन नसकेको देखिएको छ ।

बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७-७८ मा १३७ वटा मुद्दा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष २०७६-७७ मा फैसला हुनुपर्ने तर हुन नसकेका १३६ वटा मुद्दा गत आवमा सरेका थिए । दुई आर्थिक वर्षमा समितिमा २७३ वटा मुद्दा दर्ता भएकोमा ९३ वटा मुद्दाको मात्रै फैसला भएर पीडितले न्याय पाएका छैनन् । गत आवमा पनि १८० वटा मुद्दा फैसला हुन सकेका छैनन् ।

बीमा समितिमा परेका मुद्दाको फैसला हुनको लागि बोर्ड बैठक बस्नैपर्छ । बैठक नबस्दा पनि समयमा नै मुद्दाको फैसला हुन नसकेको बताइएको छ । चार आर्थिक वर्ष यता हेर्ने हो भने गत आवको सबैभन्दा बढी मुद्दा बीमा समितिमा परेको हो ।

आर्थिक वर्ष २०७४-७५ मा ३९ र त्यो भन्दा अघिल्लो आवको ७७ सहित ११६ वटा मुद्दा परेकोमा २६ वटा मुद्दाको मात्रै फैसला मात्रै भएको थियो । उक्त आवमा ७ वटा मुद्दा तामेलिमा राखिको थियो भने ८३ वटा मुद्दाको फैसाल हुन सकेको थिएन । त्यो मुद्दा पुन आर्थिक वर्ष २०७५-७६ मा मा सारियो ।

उक्त आवमा पुरानो ८३ सहित १०० वटा मुद्दा दर्ता भएका थिए । उक्त आवमा ८५ वटा मुद्दा फैसला भएको थियो भने १०१ वटा मुद्दाको सुनुवाइ गर्न समितिले सकेन । नसकेपछि उक्त आवमा रहेका उजुरीलाई आर्थिक वर्ष २०७६÷७७ मा सार्यो । त्यस आवमा १२६ वटा मुद्दा परेका थिए । दुवै आवका २२९ वटा मुद्दामा ९१ वटाको फैसला भएको थियो । उक्त आवमाा १३६ वटाको सुनुवाइ हुन नसक्दा बीमितले न्याय पाउन सकेका छैनन् ।

बीमा समितिका अनुसार पछिल्लो समयमा जीवन बीमा भन्दा निर्जीबन बीमा कम्पनीको उजुरी बढी आउने गरेको छ । निर्जीबन बीमा कम्पनीले भने अनुसार दाबी भुक्तानी नगर्ने, समयमा नै दाबी भुक्तानी नगर्ने, चित्त बुझ्दो गरी दाबी भुक्तानी नगर्ने जस्तासहित बीमित बीमा समितिमा पुग्ने गरेका छन् । तर बीमा समितिले भने धेरै वर्षदेखी समयमा नै मुद्दाको किनारा लगाउन नसक्दा बीमितमा निरासा बढेको जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ साउन १२ मंगलवार १३:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...