back
NMB ad

साधना लघुवित्तको नाफा १९६ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवमा संस्थाले ११ करोड ७० लाख ९५ हजार खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा १९६.३४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा संस्थाको नाफा ३ करोड ९५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढ्दा नाफामा सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १४ करोड ३ लाख ४७ हजार खुद ब्याज आम्दानी रहेको संस्थाको गत आवको सोही अवधिमा आईपुग्दा ७२.९० प्रतिशतले बढेर २४ करोड २६ लाख ६८ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ३ करोड ४६ लाख १२ हजार रुपैयाँबाट ३३९.३५ प्रतिशतले बढेर १५ करोड २० लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

२५ करोड ६९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ रहेको छ । ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब २६ करोड ४९ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर २.०२ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी ४५ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १७ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...