back
NMB ad

बोर्ड अध्यक्ष ढुंगानाको करोडौं भ्रष्टाचार प्रकरण : अख्तियारले दियो अनुसन्धानमा तिब्रता, पद जोगाउन हम्मे हम्मे

Kumari bank ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना विरुद्ध परेको उजुरीको अनुसन्धानलाई तिब्र बनाएको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सार्वजनिक ओहदामा बसेर पनि विभिन्न शिर्षकमा १ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

अध्यक्ष ढुंगानाले विभिन्न बाहनामा १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै असार २ गते आयोगमा विद्युतीय माध्यमबाट उजुरी परेको थियो ।

यो पनि हेर्नुहोस्,

ब्रेकिङ : करोडौं भ्रष्टाचार गरेको भन्दै सेबोनका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियार उजुरी (उजुरीपत्र सहित)

उजुरीमा असार १ गते जोखिमयुक्त कम्पनी भन्दै ५१ वटा सूचीकृत कम्पनीको नाम सार्वजनिक गर्दा सेयरका ठूला खेलाडिबाट ३५ करोड, बैंकका गभिनी संस्थालाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले १ अर्ब र केही समयअघि अजोड इन्स्योरेन्समा भएको भित्री कारोबार (इन्साइडर टे«डिङ) लाई बेवास्ता गरी कम्पनीका अध्यक्षसँग ३ करोड घुस लिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

तत्कालिन समयमा आयोगले धेरै चासो नदिएपछि पछिल्लो समयमा भने निकै चासोका साथ अनुसन्धान अघि बढाएको छ । अध्यक्ष ढुंगानालाई पत्र काटेर बयान लिनुका साथै आवश्यक कागजात संकलनको काम सुरु भएको आयोग स्रोतको भनाई छ ।

यो पनि हेर्नुहोस्,

भ्रष्ट नेतृत्वको साथ छोड्दै सेबोनका कर्मचारी युनियन, अध्यक्ष ढुंगानालाई हदैसम्मको कारवाही गर्न माग

अध्यक्ष ढुंगाना पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नचाँहदा नचाँहदै राष्ट्रपति विद्यादेवी भण्डारीको ठाडो निर्देशनमा बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकका हुँदा देखि नै सानो सानो रकम पनि भ्रष्टाचार गर्न तम्सिने स्वभावले हैरानी खेपेका र त्यस्ता खाले धेरै गुनासा आउने गरेका थिए । ढुंगानालाई बोर्डमा पठाएर पुँजी बजारको विकास हुँदैन भनेर जान्दा जान्दै पनि उनैलाई बोर्डको अध्यक्षमा स्वीकार्नु परेको थियो ।

अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी परेपनि तत्कालिन समयमा नेकपाको सरकार भएका कारण आयोगले खासै ध्यान दिएको थिएन । तर अहिले पदिय हैसियतलाई बिर्सेर बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको सेयर एकाघरमा परिवारको सदस्यको नाममा कानून विपरीत सेयर किनेपछि आयोग पनि निकै तातेको छ ।

अहिलेको सरकारले पनि यो विषयलाई निकै गम्भिरताका साथ हेरिरहेको छ । अर्थ मन्त्रालयले त साउन १३ गते लिखित स्पष्टिकरण नै सोधेको छ । मन्त्रालयले पनि यो विषयलाई निकै चासोका साथ हेरिरहेका छन् । बोर्डको नेतृत्व चौतर्फी रुपमा भ्रष्टाचारमा लाग्दा सेबोनले बर्षेनी ल्याउने गरेको नीति तथा कार्यक्रम समेत प्रभावित भएको छ ।

बोर्डका अध्यक्षले हरेक काममा पैसा मात्रै देख्ने, नीतिगत काम गर्दा शब्द शब्दमा पैसा मात्रै देख्ने र त्यही अनुसारको ड्राफ्ट बनाउने गरेका कारण मन्त्रालयले उक्त नीति तथा कार्यक्रमलाई स्वीकृत गर्न आनाकानी गरेको बताइएको छ । अहिले आयोग र मन्त्रालयले समेत अध्यक्षको गतिविधिको बारेमा आवश्यक कागजात संकलन गरेर अध्ययन सुरु गरेका छन् । मन्त्रालयले नै चासो लिएर अध्ययन, अनुसन्धानको कामलाई तिब्रता लिएपछि आयोगलाई पनि काम गर्न सजिलो भएको छ ।

‘अघिल्लो सरकार भएको सबै भ्रष्टाचार गरेर आर्जन गरेको सबै सम्पती पचाउने सोच भएको भएपनि अब त्यो सम्भावना न्यून देखिएको छ’ बोर्डका एक अधिकारीले भने ‘अहिले नयाँ सरकार बनेसँगै हाम्रो अधयक्ष ज्यूलाई भ्रष्टाचार गरेको पैसा पचाउन मात्रै होइन, पद नै जोगाउन हम्मे हम्मे भएको छ ।’

उहाँले थप्नुभयो ‘अहिले अध्यक्ष ढुंगाना विभिन्न राजनीति शक्ति केन्द्रमा पदको भिख मान्दै हिडनु भएको छ, यो सरकार पनि पैसामा बिक्यो भने उहाँले भिख पाउने हुनेछ, अन्यथा उहाँको पद धरापमा पर्ने निश्चित छ ।’

वि.सं.२०७८ साउन १७ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...