back
NMB ad

मुलुकको आर्थिक तथा औद्योगिक विकासका लागि अनुशिक्षण कार्यक्रम, संचारमाध्यमको भुमिका महत्वपूर्ण

Kumari bank ad

विराटनगर । आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै आएको योगदानलाई मध्यनजर गरी आर्थिक क्षेत्रमा आवद्ध संचारकर्मीहरुका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन) को संयूक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संगठनका अध्यक्ष सुयष प्याकुरेलले देशको आर्थिक समृद्धिमा संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने वताउदै आर्थिक क्षेत्रका मुद्धालाई संचार माध्यमले संसक्त रुपमा उठाउनु पर्नेमा जोडदिनुभयो ।

उहाँले संचार माध्यम राष्ट्रको चौथो अंग भएकाले नीजि क्षेत्रले भोग्दै आएका समस्या र विषयलाई संचारकर्मिहरुले राज्य समक्ष उठाई समस्या समाधानमा झकझकाउनु पर्ने विचार व्यक्त गर्नुयभयो ।

अध्यक्ष प्याकुरेलले एकदिने अनुशिक्षण कार्यक्रमले प्रदेश नं. १ तथा विराटनगरलाई कार्य क्षेत्रमा वनाएर आर्थिक क्षेत्रमा कलम चलाउदै आएका सचारकर्मीहरुलाई आर्थिक एवं उद्योग व्यवसायको विकास, आर्थिक पत्रकारीताले समेट्ने क्षेत्र लगायतका विषयमा प्रष्ट पार्ने वताउदै संचारजगतले नीजि क्षेत्रको आवाजलाई प्रभावकारी रुपमा माथिल्लो निकाय सम्म पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष लिलावल्लभ घिमिरेले आर्थिक क्षेत्रमा संचारकर्मीलाई भिज्न अनुरोध गर्दै अवका दिन समाचारका प्यार्टन परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक एवं औैद्योगिक विकासमा मोरङ अब्बल भएको बताउदै यस क्षेत्रले भोग्दै आएका समस्यालाई प्रभावकारी रुपमा उठाउदै आर्थिक समृद्धिमा सहयोग पु¥याउनु पर्नेमा जोड दिन्भयो ।

आर्थिक पत्रकार समाज नेपाल (सेजन) का अध्यक्ष भीम गौतमले आर्थिक पत्रकारितार व्यवसायीक आचार सहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक पत्रकारिताले अर्थतन्त्र, व्यापार व्यवसाय, लगानी, उत्पादन उपभोग, वैदेशिक व्यापार लगायतका गतिविधि, योजना तथा कार्यक्रम वारे सूचना सम्प्रेषण, अभिलेख र तथ्यांकको विश्लेषण गर्नुपर्ने बताउनभुयो ।

उहाँले विधिको शासन लागु गराउन संचारकर्मीले सदैव खवरदारी गर्न अनुरोध स्वच्छ पत्रकारिता ठूलो औजार भएको धारणा व्यक्त गर्नुभयो ।

सोही अवसरमा आर्थिक पत्रकार समाज नेपाल (सेजन) का निवर्तमान अध्यक्ष पुष्करराज आचार्यले नीजि क्षेत्र र पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै देशको दुई तिहाई लगानी र नब्बे प्रतिशत भन्दा वढी रोजगारीको श्रोत नीजि क्षेत्र भएकाले खुला वजार अर्थतन्त्रमा सरकारले अंकुश लाउने भन्दा प्रतिष्पर्धा प्रवद्र्धन गराई उपभोक्ताको संरक्षण गर्नुपर्ने वताउनुभयो ।

निवर्तमान अध्यक्ष आचार्यले खुला बजार नीति अवलम्वन गरेको नीजि क्षेत्रको रिर्पोटिङ कसरी गर्ने, सूचना प्राप्तीका श्रोत के के हुन भन्ने विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राख्नुभयो ।

अनुशिक्षणमा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य ईन्द्र खत्री (राजन), पारस लुनियाका साथै प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्षेत्रमा वनाएर आर्थिक क्ष्ँेत्रमा कलम चलाउदै आएको विभिन्न संचार माध्यमका २० संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७८ साउन १७ आइतवार १८:४३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...