back
NMB ad

निषेधाज्ञाको समय थपिएसँगै परीक्षा दिँदा यस्ता शर्त अनिवार्य पालना गर्नुपर्ने !

Kumari bank ad

काठमाडौं । उपत्यकामा निषेधाज्ञाको अवधि एक साताको लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म लागू हुने गरी निषेधाज्ञाको समय थपेको हो । निषेधाज्ञाको अवधिमा विभिन्न निकायबाट संचालन हुने सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरुको लागि मापदण्ड तयार पारेको छ ।

जसमा परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जना भन्दा बढी मानिसहरु भेला जम्मा हुन नहुने गरी परीक्षा संचालन गर्न भनेको छ । यस्तै परिक्षार्थीहरु हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त् भएपश्चात सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी काम गर्नुपर्ने छ ।

एउटा शिफ्ट का सबै व्यक्तिहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिए पछि मात्र अर्को शिफ्ट सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्न भनेको छ ।

यस्तै परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरुका अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य रुपमा स्यानिटाइज गर्न र गोष्ठि, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता कृयाकलापहरु सञ्चालन गर्न भर्चुअल माध्यमबाट गर्न भनेको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १६:५५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...