back
NMB ad

चेम्बरको सुझावः अर्थतन्त्रमा गम्भीर क्षति पुग्यो लकडाउन नगर्नु, निषेधाज्ञालाई कडाई गर्नु

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कडाईका साथ लकडाउन नगर्न सरकारलाई आग्रह गरेको छ ।

चेम्बरले लकडाउनको बिकल्पको रुपमा गरिएको निषेधलाई कडाइका साथ परिपालना गर्ने व्यवस्था गर्न सरकार आग्रह गरको छ । दैनिक रुपमा कोरोना महामारी बढिरहेकाले सरकारले लकडाउन गर्ने संकेत देखाएसँगै चेम्बरल लकडाउन नगरी निषेधाज्ञालाई कडाइकासाथ कार्यान्वयन गर्न गराउन सरकारलाई आग्रह गरेको छ ।

नेपालको समस्त उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्न यसमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई पूर्ण खोपको व्यवस्था गरी व्यवसायीक कृयाकलापलाई तोकिएको मापदण्ड भित्र रही निर्वाध रुपमा आफ्नो गतिबिधि सचालन गर्ने व्यवस्था गर्न चेम्बरले सरकारलाई आग्रह गरेको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई बढन नदिन सरकार, निजी क्षेत्र र आम सर्वसाधारण मिलेर कोरोना महामारीलाई नियन्त्रण गर्नु पर्ने चेम्बरको धारणा रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ । कोभिड–१९ को नयाँ भेरियन्टका कारण फैलिएको दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको चेम्बरको भनाई छ ।

खुला बजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण भूमिका हुने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने चेम्बरको धारणा रहेको छ ।

कोभिड नियन्त्रणको लागि लकडाउन मात्र समस्याको समाधान नभएको भन्दै सरकारबाट कोभिड नियन्त्रणको लागि निषेध गरिएको कृयाकलापहरु भिडभाडजन्य क्रियाकलापहरु, बिभिन्न प्रकारका सभा सम्मेलन,धर्ना जुलुस,गोष्ठी ¥याली जस्ता गतिबिधिमा संलग्न रहने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिबिधि संचालन गर्ने, तोकिएको स्वास्थ्यको मापदण्डको परिपालना नगर्ने र मास्कको उचित प्रयोग नगर्नेहरुलाइ कडाइका साथ कारबाई गर्न सुझाव दिएको छ ।

वि.सं.२०७८ साउन २० बुधवार ११:२३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...