back
NMB ad

नाफासंगै घट्यो सिनर्जी पावरको विद्युत बिक्री आम्दानी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलममेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चैथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ८ करोड २७ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.१३ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १० करोड ९० लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफसंगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्ले आवको तुलनामा गत वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १४.६६ प्रतिशतले कमी आएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा विद्युत बिक्रीबाट २३ करोड ६२ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्षको सोही अवधिमा २० करोड १७ लाख ५५ हजार रुपैयाँ मात्रै गरेको छ ।

कम्पनीको चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८ करोड ३५ लाख ७७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४० पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १४:०८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...